आज मिति २०८१ पुस २६ गते शुक्रबार । सन् २०२५ जनवरी १० तारिख । नेपाल सम्बत ११४५ पोहेलाथ्व एकादशी तिथि । आज नेपालमा सूर्योदय बिहान ६ बजेर ५५ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर २७ मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफलः
मेष
तार्किक क्षमताले सम्मान दिलाउने समय भएपनि आजको दिन केही चुनौतीयुक्त रहने देखिन्छ । आशा देखाउनेहरूले धोका दिन सक्छन् भने लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ । अवसरवादीहरूले तपाईंका कमजोरीको फाइदा उठाउन सक्छन् । पढाइलेखाइमा पनि ध्यान केन्द्रित नहुन सक्छ । साँझदेखि अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ, सचेत रहनुहोला । खर्च बढ्ने योग छ ।
बृष
आजको दिन भेटघाटले काममा बाधा पुऱ्याउन सक्छ । आँटले काम लिन नसक्दा पछि परिएला । स्वास्थ्य सामान्य कमजोर रहे पनि समुदायको हितमा राम्रै काम गर्न सकिने योग छ । सामाजिक उत्तरदायित्व पनि बहन गर्नुहोला । विशेष खालको मेहनतले अवसर जुटाउन सकिनेछ । शुभचिन्तकहरूले साथ दिनेछन् । मिठो भोजन प्राप्त हुनेछ । यात्रापरक काम बन्नेछ ।
मिथुन
नियमित काममा चुनौती आइलाग्न सक्छ तर कीर्तिमानी काम सुरु गर्ने समय छ । विशेष प्रयत्न गर्दा खर्च लागे पनि दिगो फाइदा हुने देखिन्छ । काम र जिम्मेवारी हात पार्ने मौका जुर्ला । धेरैले साथ दिनाले महत्वपूर्ण निर्णय लिन सकिएला । अध्ययन अध्यापनमा प्रगति हुनेछ । वैरभाव राख्नेहरूले हार खाने योग छ । धर्मकर्ममा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।
कर्कट
दौडधुप र कार्यमा जोखिम बढ्ने समय छ । आजको दिन अस्वस्थता एवं काम बिग्रने भयले सताउन सक्छ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने अवस्था देखिन्छ । सोखले फजुल खर्च बढाउन सक्छ । आलस्य गर्दा काम बीचैमा रोकिनेतर्फ समयमै सचेत रहनु उचित हुनेछ । अर्थ संग्रहमा बाधा पुग्ने योग छ । रसरागमा आकर्षण रहला ।
सिंह
काममा लगनशील बन्दा दिगो फाइदा उठाउन सकिने समय छ । लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । सुखद समाचारले उत्साह जगाउने योग छ । तर्कशक्ति बढ्नुका साथै रोकिएका काम सम्पादन हुनेछन् । आलोचकहरूलाई जवाफ दिन सकिनेछ । दाम्पत्यसुख बढ्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्ला । पारिवारिक सुखशांति रहनेछ ।
कन्या
पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिनाले समस्या उत्पन्न होला तर कीर्तिमानी काम सुरु गर्ने समय छ । धेरैले साथ दिनेछन् । अप्रत्यासीत रुपमा धनको लाभ पनि हुने देखिन्छ । प्रतिस्पर्धीहरूले समस्या उब्जाउन सक्नेतर्फ सचेत रहनु हितकर होला । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।
तुला
आजको दिन विशेष जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ । समय र नियमलाई बेवास्ता नगर्नुहोला । रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले पछि परिनेछ, सचेत रहनुहोला । व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ । प्रेमको गाँठो कसिने योग छ । आरोग्यबल बढ्नेछ ।
बृश्चिक
विगतको श्रमबाट सामान्य लाभ भए पनि परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न हुनसक्ने दिन छ । आफ्नै कमजोरीले अवसर गुम्न सक्छ । तथापि, रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका जुर्ला । बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन हुने योग छ । सोखले खर्च बढाउन सक्छ, सचेत रहनुहोला । पराक्रम बढनेछ । व्यस्तता बढ्नेछ । मिहिनेत ले रोकिएको काम बन्नेछ । सामर्थ्य वृद्धि हुनेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
धनु
ब्यस्तता बढ्नेछ । विगतका कमी कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुने समय छ । अवरोधका बीच समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व वहन गर्न सकिएल । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । काम बिग्रने भयले सताउन सक्छ । शुभचिन्तकहरूसँग भेटघाट हुने योग छ । रसरागात्मक काममा आकर्षण रहला ।
मकर
दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ । सोचेको काम बन्नुका साथै विभिन्न अवसर प्राप्त हुनेछन् । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । आफूभन्दा कमजोरहरूसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । केही चुनौती देखापर्ने भएकाले आफ्ना योजनाहरू गोप्य राख्नुहोला । आरोग्यता रहनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
कुम्भ
कार्यक्षेत्रमा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । आज केही समस्या देखिए पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । काममा अनायासै प्रतिस्पर्धी देखापर्नाले प्रतिष्ठा र अधिकारका लागि संघर्षमा उत्रनुपर्ने योग छ । धन बढ्नेछ । भ्रमणमा हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । सामर्थ्य वृद्धि हुनेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने देखिन्छ ।
मीन
गरेका कामबाट राम्रै लाभ मिल्ने समय छ । सोख पूर्तिका लागि खर्च भने बढ्न सक्छ । साँझदेखि सानातिना समस्यामा अल्झनुपर्ने स्थिति आउला । रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नु हितकर हुनेछ । आर्थिक पक्ष सबल रहने देखिन्छ । आरोग्यता रहनेछ । सुख विलास पनि बढ्नेछ ।