लोकसारथि, २१ फागुन । अमेरिकाले चार्टर्ड विमान र नियमित उडानमार्फत नौ नेपाली नागरिकलाई स्वदेश फर्काएको छ। बुधबार बिहान अमेरिकी चार्टर्ड विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका सूचना अधिकारी सीता परियारका अनुसार आठ जनालाई चार्टर्ड विमानमार्फत र एक जनालाई कतार एयरवेजको जहाजबाट नेपाल फर्काइएको हो।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको गल्फजेटस्ट्रिम विमान बुधबार बिहान ९:५३ बजे नेपालमा अवतरण गरेको थियो। उक्त विमान अमेरिकाको न्यू ह्याम्पसायर राज्यको पोर्टस्माउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको थियो। विमानले अल्बानियाको तिराना अन्तर्राष्ट्रिय विमानस्थलमा केही नागरिकलाई ओरालेर नेपाल प्रस्थान गरेको थियो।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अवैध आप्रवासी सम्बन्धी आदेशपछि अमेरिकाले नेपाली नागरिकहरूलाई फिर्ता पठाउन थालेको छ। हालसम्म ट्रम्प प्रशासनको नीति अनुसार ३६ नेपाली अमेरिका फर्काइएका छन्।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
