logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

ट्रम्प प्रशासनद्वारा पाँच लाख आप्रवासी डिपोर्ट गर्ने तयारी

ट्रम्प प्रशासनद्वारा पाँच लाख आप्रवासी डिपोर्ट गर्ने तयारी


  • सोमबार, चैत्र ११ २०८१
  • 585
    SHARES

    वाशिङ्टन, लोकसारथि

    अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेन प्रशासनमा लागू भएको प्यारोल कार्यक्रमअन्तर्गत वैध मान्यता पाएका पाँच लाख आप्रवासीलाई डोनाल्ड ट्रम्प प्रशासनले डिपोर्ट गर्ने तयारी गरेको छ। ट्रम्प प्रशासनले हालै जारी गरेको सूचनाअनुसार क्युबा, हाइटी, निकारागुवा, र भेनेजुएलाका ५ लाख आप्रवासीहरूको वैधता समाप्त भएको छ।

    सूचना जारी भएको एक महिनापछि नै उनीहरूलाई अमेरिका छोड्न बाध्य पारिने जनाइएको छ। बाइडेन प्रशासनले आप्रवासीहरूलाई अस्थायी रूपमा बसोबास गर्न दिएको प्यारोल कार्यक्रम जनवरीमा नै फेज आउट गर्ने घोषणा गरिएको थियो।

    गृह मन्त्रालयले जारी गरेको सूचनामा बाइडेन प्रशासनले सो कार्यक्रमको दुरुपयोग गर्दै धेरै देशका नागरिकलाई अनावश्यक रूपमा अमेरिका प्रवेश गराएको आरोप लगाइएको छ। ट्रम्प प्रशासनले आप्रवासन नीतिहरूलाई थप कडा बनाउने योजना अघि सारेको छ, जसअन्तर्गत अवैध रूपमा बसोबास गरिरहेका आप्रवासीहरूलाई प्राथमिकताका आधारमा देशनिकाला गरिने बताइएको छ।

    यस कदमले अमेरिका–लाटिन अमेरिका सम्बन्धमा असर पार्ने आशंका गरिएको छ। प्रभावित आप्रवासीहरूको भविष्य अन्योलमा परेको छ भने मानवअधिकारवादी समूहहरूले डिपोर्ट प्रक्रियाको विरोध गरिरहेका छन्।

    प्रकाशित : सोमबार, ११ चैत्र २०८१ , ०४:२९ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend