logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

कराँचीमा शवहरूसँग बलात्कार गर्ने आरोपी पक्राउ, मनोवैज्ञानिक विकृति खुलासा

कराँचीमा शवहरूसँग बलात्कार गर्ने आरोपी पक्राउ, मनोवैज्ञानिक विकृति खुलासा


  • सोमबार, चैत्र २५ २०८१
  • 988
    SHARES

    इस्लामाबाद — पाकिस्तानको कराँची शहरबाट एउटा अत्यन्तै भयावह र घिनलाग्दो घटना सार्वजनिक भएको छ, जसले सम्पूर्ण मानवता र नैतिकतालाई शर्मसार बनाएको छ। कराँची प्रहरीका अनुसार, ४० वर्षीय मोहम्मद सलीम नामका व्यक्तिलाई चिहान खनेर महिलाहरूको शवसँग यौन दुव्र्यवहार गर्ने आरोपमा पक्राउ गरिएको छ।

    चिहान खनेर शवसँग यौन दुर्व्यवहार

    सलीमलाई रातको समयमा कराँचीको एक कब्रिस्तानमा शङ्कास्पद गतिविधि गरिरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको हो। कब्रिस्तानका रेखदेख गर्नेहरूले शवसँग छेडछाड गरिरहेको देखेपछि तुरुन्तै प्रहरीलाई खबर गरे। घटनास्थलमा पुगेको प्रहरीले सलीमलाई नियन्त्रणमा लिएको हो।

    आरोपीले गर्‍यो अपराध स्वीकार

    प्रहरी अनुसन्धानका क्रममा सलीमले आफूले हालसम्म तीन वटा चिहान खनेर शवहरूसँग यौन दुर्व्यवहार गरेको स्वीकारेको छ। प्रहरीद्वारा सार्वजनिक गरिएको भिडियोमा उनले बताउँछन् कि ताजा फूल र चिहानको अवस्था हेरेर त्यो नयाँ हो कि पुरानो भनेर अनुमान लगाउँथे। त्यसपछि उनले खुट्टाको भागबाट चिहान खनेर शवलाई निकाल्थे र कफन हटाएर महिला कि पुरुष भनेर पहिचान गर्थे।

    के डर लाग्दैनथ्यो?

    जब प्रहरीले सोध्यो कि यस्तो कार्य गर्दा डर लाग्दैनथ्यो? उनले जवाफ दिए, “डर त लाग्थ्यो, तर पनि आफूमाथि नियन्त्रण गर्न सक्दिनथेँ।” सलीमलाई हाल शव अपमान, चिहान तोडफोड, र यौन हिंसाजस्तो जघन्य अपराधको आरोपमा हिरासतमा लिइएको छ। प्रहरीका अनुसार थप अनुसन्धान हुँदैछ कि उसले अन्य ठाउँमा पनि यस्ता घिनलाग्दा कार्यहरू गरेको हो कि होइन।

    मानसिक कारण: यस्तो विकृत कार्य किन गर्छन् मानिसहरू?

    यस प्रकारका जघन्य कार्यहरूलाई मानसिक स्वास्थ्यको भाषामा “नेक्रोफिलिया (Necrophilia)” भनिन्छ। यो गम्भीर मनोवैज्ञानिक विकृति हो जसमा व्यक्तिलाई मृत शरीरहरूसँग यौन सम्बन्ध राख्ने इच्छा जागृत हुन्छ। यसलाई विश्व स्वास्थ्य संगठन (WHO) ले प्याराफिलिक डिसअर्डर (Paraphilic Disorder) अन्तर्गत वर्गीकरण गरेको छ।

    नेक्रोफिलिया किन हुन्छ? केही सम्भावित कारणहरू:

    1. गहिरो मानसिक विकार: यस्तो विकृत सोच अचेतन मनमा बाल्यकालमै उत्पन्न भएको गम्भीर मानसिक समस्याको लक्षण हुन सक्छ।

    2. सामान्य सम्बन्धमा असफलता: केही मानिसहरू जीवित व्यक्तिसँग सम्बन्ध बनाउन असफल भएपछि आत्मघाती र विकृत उपायतर्फ आकर्षित हुन सक्छन्।

    3. अपराधप्रतिको निर्भीकता र नियन्त्रणको लालसा: मृत शरीर नियन्त्रण गर्न सकिने वस्तुजस्तो हुने भएकाले केही मानिसमा यस्तो व्यवहार उनीहरूको अधिकार प्रदर्शनको माध्यम बन्छ।

    4. नरसंहार वा हिंसात्मक यौन उत्तेजना: केही व्यक्तिहरूमा हिंसात्मक यौन क्रियाकलाप प्रति विकृत आकर्षण हुने गर्छ।

    प्रकाशित : सोमबार, २५ चैत्र २०८१ , ०९:५६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend