लोकसारथि संवाददाता ।
पाकिस्तानले लामो समयसम्म इन्कार गरेपछि अन्ततः भारतद्वारा गरिएको ‘अप्रेशन सिन्दूर’को विनाशकारी प्रभावलाई प्रधानमन्त्री शहबाज शरीफले स्वयं स्वीकार गरेका छन्। एक भिडियो मार्फत उनले खुलासा गरेका छन् कि भारतको जवाफी हमलामा नूरखान एयरबेससहित पाकिस्तानका थुप्रै एयरबेसहरू पूर्णरूपमा ध्वस्त भएका छन्। यो आन्तरिक स्वीकारोक्ति अहिले विश्व सामु सार्वजनिक भएको छ।
शहबाज शरीफले भिडियोमा भनेका छन्,
“९ र १० तारिखको मध्यरात करिब २:३० बजे सेनाप्रमुख जनरल असीम मुनीरले सुरक्षित फोनमा मलाई जानकारी दिए — ‘प्रधानमन्त्रीज्यू, भारतले आफ्नो ब्यालेस्टिक मिसाइलहरू प्रक्षेपण गरेको छ, जसमा एउटा नूरखान एयरबेसमा खसेको छ, र केही अरू मिसाइलहरू अन्य क्षेत्रहरूमा पनि खसेका छन्।’ हाम्रो वायुसेनाले स्वदेशी प्रविधि र चिनियाँ युद्ध विमानमा लागु गरिएका अत्याधुनिक प्रविधिहरूको प्रयोग गरेर देशको रक्षा गर्यो।”
नूरखान एयरबेस किन छ संवेदनशील?
इस्लामाबादनजिक रहेको नूरखान एयरबेस पाकिस्तानको VVIP ट्रान्सपोर्ट र उच्च सैन्य विमान परिचालनको मुख्य केन्द्र हो। यसले पाकिस्तानी वायुसेनाको अत्यन्त गोप्य अपरेशन्समा सहयोग पुर्याउँछ र राष्ट्रप्रमुखहरूका हवाई आवत–जावतको पनि केन्द्रबिन्दु हो।
सामग्री, सैटेलाइट तस्बिरहरू, र विश्लेषणहरू अनुसार भारतीय वायुसेनाले अत्यन्तै सटीकताका साथ नूखान एयरबेसमा आक्रमण गरेको देखिन्छ। कुनै पनि लक्षित स्थान छुटेको छैन। पाकिस्तानले पहिले केही पनि नभएको भनेर आफ्नो जनतालाई भ्रममा पार्ने प्रयास गरे पनि अब सत्यता बाहिर आएको छ।
पाकिस्तानको हठ र पछि आएको यथार्थ
यो खुलासा महत्वपूर्ण यसकारण पनि हो कि पाकिस्तानले सुरुआती चरणमा केही भएको स्वीकार नै गरेको थिएन। उनीहरूले आफ्ना जनतालाई “विजय उत्सव” मनाउन लगाएका थिए। तर अब तिनै प्रधानमन्त्रीले एयरबेस ध्वस्त भएको कुराको खुला स्वीकारोक्ति गरेका छन्।
यस घटनाले स्पष्ट पार्छ कि भारतको “अप्रेशन सिन्दूर” न केवल रणनीतिक सफल भयो, तर त्यसले पाकिस्तानको हवाइ सुरक्षाको मेरुदण्डमा गहिरो प्रहार गरेको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
