लोकसारथि संवाददाता, काठमाडौं ।
फिलिपिन्समा गएको ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्पले कम्तीमा २२ जनाको ज्यान गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, भूकम्प मंगलबार राति स्थानीय समय अनुसार ९ः५० बजे सेबु प्रान्तको बोगो सहर नजिकै केन्द्रविन्दु भएर गएको हो ।
करीब ९० हजार जनसंख्या रहेको बोगो क्षेत्रमा मात्र १३ जनाको मृत्यु भएको छ, जसमा चार बालबालिकासमेत रहेका छन् । स्थानीय उद्धारकर्मीका अनुसार, त्यहाँ तीनजनाको मृत्यु घर पहिरोले पुरिँदा भएको हो ।
छिमेकी सान रेमिगियो नगरपालिकामा पाँच जनाको ज्यान गएको पुष्टि भएको छ । सो नगरपालिकाको एक खेलकुद केन्द्रमा छत भत्किँदा चार जनाको मृत्यु भएको थियो, जसमा तीन जना कोस्टगार्ड सदस्य रहेका अधिकारीहरूले जनाएका छन् । ताबुएलान क्षेत्रमा पनि एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।
फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीका अनुसार, शक्तिशाली भूकम्पपछि हालसम्म ३७९ भन्दा बढी परकम्प महसुस गरिएको छ ।
उद्धार तथा राहत कार्य तीव्र गतिमा भइरहेको अधिकारीहरूले बताएका छन् ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
