logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

‘पुटिनको कुरा मान, होइन भने…’ — ट्रम्पले जेलेन्स्कीलाई दिए आत्मसमर्पणको चेतावनी, एकैचोटि दुई झटका

‘पुटिनको कुरा मान, होइन भने…’ — ट्रम्पले जेलेन्स्कीलाई दिए आत्मसमर्पणको चेतावनी, एकैचोटि दुई झटका


  • सोमबार, कार्तिक ३ २०८२
  • 676
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच अक्टोबर १७ मा ह्वाइट हाउसमा भएको भेटवार्ता अत्यन्तै तनावपूर्ण रह्यो। फाइनान्सियल टाइम्स मा प्रकाशित रिपोर्टका अनुसार, स्रोतहरूले यस बैठकलाई “कहिलेकाहीँ चर्काचर्की र आक्रामक भाषा प्रयोग हुने अवस्था” भएको बताएका छन्।

    स्रोतहरूका अनुसार ट्रम्पले उक्त भेटमा रूसका राष्ट्रपति भ्लादिमिर पुटिनका विचारहरू लगभग हुबहु दोहोर्याए, र जेलेन्स्कीलाई चेतावनी दिए —

    “यदि युक्रेनले रूससँग सम्झौता गरेन भने पुटिनले तिमीलाई नष्ट गरिदिनेछ।”

    ट्रम्पले युक्रेनको युद्ध नक्सा एकातिर फ्याँक्दै भने,

    “यो रातो रेखा के हो? मलाई थाहा छैन यो ठाउँ कहाँ पर्छ।”

    ट्रम्पले युक्रेनलाई डोनबास क्षेत्र पूरै रूसलाई सुम्पिनु राम्रो हुने सुझाव दिए र भने,

    “पुटिनले केही त जितिसक्यो, उसलाई केही त मिल्नैपर्छ।”

    स्रोतका अनुसार, ट्रम्पले जसरी कुरा गरे, त्यो पुटिनले भनेका कुरा जस्तै लाग्थ्यो।
    युरोपेली अधिकारीहरूको भनाइमा, ट्रम्पले बारम्बार उल्लेख गरे —

    “पुटिनले मलाई भनेका छन्, यो युद्ध होइन, विशेष अभियान हो।”

    ट्रम्पले जेलेन्स्कीलाई भने,

    “अब सम्झौता गर, नत्र सबै कुरा सकिन्छ।”

    बैठकमा उपस्थित एक युरोपेली अधिकारीले बताए,

    “ट्रम्पले त्यही कुरा दोहोर्याइरहेका थिए, जुन कुरा पुटिनले उनलाई एक दिनअघि फोनमा भनेका थिए।”

    युक्रेनलाई दोस्रो झटका

    युक्रेनी प्रतिनिधिमण्डल उक्त बैठकमा अमेरिकाबाट टमाहक क्रूज मिसाइलहरू माग्ने उद्देश्यले पुगेको थियो। तर ट्रम्पले युक्रेनलाई दोस्रो झटका दिँदै उक्त प्रस्ताव अस्वीकार गरे। यस निर्णयले युक्रेनको निराशा झन् बढायो।

    रिपोर्टका अनुसार, बैठकमा ट्रम्प र उपराष्ट्रपति जेडी वेन्सले जेलेन्स्कीलाई फटकार्दै भने —

    “तिमीहरूले अमेरिकाप्रति पर्याप्त कृतज्ञता देखाएका छैनौ।”

    यसले देखाउँछ कि ट्रम्प सार्वजनिक रूपमा जे भन्छन्, व्यक्तिगत रूपमा त्यसको ठीक उल्टो कुरा गर्छन्।

    किनभने केही दिनअघि मात्रै उनी रूसलाई धम्की दिँदै भन्थे —

    “युक्रेनलाई टमाहक मिसाइल दिइनेछ।”

    तर, वास्तविक भेटमा ट्रम्पले पुटिनकै पक्षको भाषा बोलेर युक्रेनको आत्मबलमाथि अर्को चोट पुर्‍याएका छन्।

    प्रकाशित : सोमबार, ३ कार्तिक २०८२ , १२:४१ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend