logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

निजी विद्यालयलाई उछिन्दै सामुदायिक विद्यालय, श्री पश्चिम पहुनी माविका दीपजल श्रेष्ठ नगर प्रथम

निजी विद्यालयलाई उछिन्दै सामुदायिक विद्यालय, श्री पश्चिम पहुनी माविका दीपजल श्रेष्ठ नगर प्रथम


  • सोमबार, चैत्र २५ २०८१
  • 1.8K
    SHARES

    रुपन्देही — तिलोत्तमा नगरपालिका–६ मा अवस्थित श्री पश्चिम पहुनी माध्यमिक विद्यालयका विद्यार्थी दीपजल श्रेष्ठले ४.० जिपिए ल्याउँदै तिलोत्तमा नगरमा प्रथम स्थान हासिल गरेका छन्। कक्षा ८ को हालै प्रकाशित नतिजा अनुसार दीपजलले उत्कृष्ट सफलता हात पार्दै सामुदायिक विद्यालयको शैक्षिक क्षमताको चम्किलो उदाहरण प्रस्तुत गरेका हुन्।

    दीपजल सामुदायिक विद्यालयकै नियमित छात्र हुन्। उनले प्राप्त गरेको नतिजाले निजी विद्यालयको वर्चस्व रहेको भनिने धारणा तोड्दै सामुदायिक विद्यालय पनि गुणस्तरीय शिक्षाको केन्द्र हुन सक्ने प्रमाणित गरिदिएको छ।

    २४ गते सार्वजनिक भएको नतिजापछि श्रेष्ठलाई बधाई दिनेहरूको ओइरो लागेको छ। विद्यालय, शिक्षक, अभिभावक तथा समुदायमा यो सफलताले खुसीको लहर ल्याएको छ।

    विद्यालयका अध्यक्ष खुम बहादुर थापा भन्छन्, “हामीले गुणस्तरीय शिक्षा दिन कुनै सम्झौता गरेका छैनौं। विद्यार्थीको मेहनत र शिक्षकहरूको समर्पणकै परिणाम हो यो। दीपजलमात्र होइन, अन्य विद्यार्थीको पनि प्रदर्शन राम्रो छ, जुन सामुदायिक विद्यालयको उज्यालो भविष्यको संकेत हो।”

    दीपजलका बुबा पनि खुसी छन्, उनी भन्छन् , “हामीलाई खुसी लागेको छ कि हाम्रो छोराले सामुदायिक विद्यालयबाटै यस्तो राम्रो नतिजा ल्यायो। यो सफलताले आम अभिभावकलाई पनि निजीभन्दा सामुदायिक विद्यालयमा विश्वास गर्न हौसला मिल्छ।”

    दीपजल स्वयं भने निकै उत्साहित छन्। उनले भावुक हुँदै भने, “म मेरा गुरुजन, साथीहरू र परिवारप्रति आभारी छु। म अझ मेहनत गर्नेछु।  यो सुरुवात मात्रै हो।”

    पछिल्ला वर्षहरूमा निजी विद्यालयहरूमाथि शैक्षिक अनुशासन र नतिजाको सन्दर्भमा प्रश्न उठिरहेको छ भने सामुदायिक विद्यालयहरूले अनुशासन, मूल्य–मान्यता र शैक्षिक गुणस्तरमा सुधार गर्दै आफूलाई स्थापित गरिरहेका छन्। दीपजलको उपलब्धि यसैको उदाहरण हो।

    सामुदायिक विद्यालयका विद्यार्थीले यस्तो उत्कृष्ट नतिजा हासिल गर्दा निजी विद्यालयमात्र होइन, समग्र शिक्षा प्रणालीले पनि यसबाट प्रेरणा लिनुपर्ने आवश्यकता देखिएको छ।

    प्रकाशित : सोमबार, २५ चैत्र २०८१ , ०८:१६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend