logo

शुक्रबार, ८ साउन २०८३

शुक्रबार, साउन ८ २०८३

कक्षा ११ का पुराना आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक, ६३.४२ प्रतिशत विद्यार्थी सफल

कक्षा ११ का पुराना आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक, ६३.४२ प्रतिशत विद्यार्थी सफल


  • शुक्रबार, असोज ३१ २०८२
  • 1K
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ का पुराना आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार सो परीक्षा जेठ १३ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको थियो। असोज ३० गते बसेको बोर्डको बैठकले परीक्षाफल सार्वजनिक गर्ने निर्णय गरेको हो।

    बोर्डले सार्वजनिक गरेको विवरणअनुसार पुराना आंशिक समूहतर्फ ९ हजार ९३४ जना र ग्रेड वृद्धि समूहतर्फ ४ हजार ९७६ जना गरी जम्मा १४ हजार ९१० परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये पुराना आंशिक समूहका ५,९१६ जना (५९.५५ प्रतिशत) र ग्रेड वृद्धि समूहका ३,५४० जना (७१.१४ प्रतिशत) विद्यार्थीले उत्तीर्ण ग्रेड प्राप्त गरेका छन्।

    दुवै समूह मिलाएर हेर्दा कुल ९,४५६ परीक्षार्थीले ग्रेड प्राप्त गरेका छन्, जसको औसत सफलता दर ६३.४२ प्रतिशत रहेको बोर्डले जनाएको छ।

    यसअघि केही अनियमितता फेला परेकाले परीक्षा नियन्त्रण कार्यालयले परीक्षार्थी क्रमांक ४२३००७३६ र ५७१०६९८७ का सम्पूर्ण विषयको चालू खण्डको परीक्षाफल रद्द गरेको पनि बोर्डको विज्ञप्तिमा उल्लेख गरिएको छ।

    बोर्डले परीक्षाफल सम्बन्धी विस्तृत विवरण आफ्नो वेबसाइटसहित विभिन्न माध्यमबाट अवलोकन गर्न सकिने जनाएको छ।

    प्रकाशित : शुक्रबार, ३१ असोज २०८२ , ०१:५९ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend