Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

कुनै बेला बहुचर्चित हास्य चरित्रका कलाकार टीकू तलसानियाले पाएनन् फिल्ममा काम

कुनै बेला बहुचर्चित हास्य चरित्रका कलाकार टीकू तलसानियाले पाएनन् फिल्ममा काम


  • शनिबार, असोज २७ २०८०
  • 156
    SHARES

    हाँस्य चरित्रमा निकै रुचाइएका अभिनेता हुन्, टीकू तलसानिया । रंगमञ्च हुँदै फिल्मसम्मको यात्रा तय गरेका उनले २५० भन्दा बढी फिल्ममा काम गरिसकेका छन् । सन् १९८६ मा आएको फिल्म ‘प्यार के दो पल’बाट बलिउडमा उनले ब्रेक पाएका थिए । १९९३ मा आएको फिल्म ‘वक्त हमारा है’मा कमेडी भूमिकाबाट हटेर गम्भीर चरित्र निर्वाह गरेका उनीसँग अहिले भने एउटै फिल्म छैन ।

    कुनै बेला एउटै सेड्युलमा ३/४ वटासम्म फिल्मको छायांकन गरेका उनले यतिबेला अडिसन दिँदा समेत काम पाउन सकेका छैनन् । उनले एक अन्तर्वार्तामा भनेका छन्, ‘म दिनहुँजसो कामको खोजीमा निस्कन्छु । निकै धेरै अडिसन पनि दिइरहेको छु । तर, मैले त्यो हिसाबको काम पाउन सकिरहेको छैन ।’ टीकूले केही वर्षयता बलिउड इन्डस्ट्रीमा धेरै परिवर्तन आएको महसुस गरेका छन् ।

    ‘त्यो समय गयो जब दुईवटा डान्स, दुईवटा रोमान्टिक गीत राखेर फुर्मला फिल्म बन्ने गर्थे र कमेडियन आएर आफ्नो काम गर्थे । यो सबै अब बदलिसकेको छ । अब फिल्म कथाको आधारमा बनिरहेका छन् र कथालाई प्राथमिकता दिन थालिएको छ । यसैले अब कि तपाईंको चरित्र फिल्मको कथाको हिस्सा हुन सक्नुपर्‍यो या तपाईंको व्यक्तित्व कुनै चरित्रसँग मिल्नु पर्‍यो,’ टीकूले भनेका छन् ।

    उनले आफूले फिल्ममा लगातार कामको खोजी गरिरहेको बताएका छन् । यद्यपि, आफूले धैर्यता नगुमाएको उनको भनाई छ । ‘म लगातार काम खोजिरहेको छु । समयसँगै हरेक चीज बदलिन्छन् । तर, धैर्यता राख्न सक्नुपर्छ । म मेकरहरुको फोनको प्रतिक्षामा छु,’ उनले अगाडि भनेका छन्, ‘यदि मलाई कुनै सुहाउने रोल भए काम गर्न तयार छु । मेरो लागि काम खोज्न कठीन भैरहेको छ ।’

    प्रकाशित : शनिबार, २७ असोज २०८० , ०२:२१ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend