Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

छोरीलाई हिरोइन बनाउन पिताले गरे लगानी

छोरीलाई हिरोइन बनाउन पिताले गरे लगानी


  • शनिबार, पुष २१ २०८०
  • 403
    SHARES

    नेपाली फिल्म क्षेत्रमै नातावादबाट प्रेरित भइ बनेका चलचित्रहरु धेरै छन् । परिवारले ऋणधन गरेरै भए पनि सन्तानको नायक वा नायिका बन्ने चाहना पूरा गर्न फिल्म बनाएका छन् । रिलिजको दैलोमा रहेको ‘पर्खि बसें तिमीलाई’ पनि छोरीलाई नायिका बनाउन पिताले लगानी गरेको फिल्म हो ।

    दीपक श्रेष्ठको निर्देशनमा तयार भएको फिल्ममा किरण श्रेष्ठ र रक्षा बुढाथोकीले मुख्य भूमिकामा काम गरेका छन् । रक्षाका पिता राजाराम बुढाथोकी फिल्मका निर्माता हुन् । यसले के देखाउँछ भने राजारामको फिल्ममा सिर्फ छोरीका लागि लगानी भएको हो । त्यसैले उनलाई यो फिल्म छोरीका लागि भए पनि सफल हुन जरुरी छ । र, रक्षाले पनि अभिनयमा आफूलाई प्रमाणित गर्नुपर्नेछ ।

    यतिबेला निर्माण टिमले रक्षालाई नव(अभिनेत्री भनेर भजाइरहेको देखिन्छ । तर, उनी नव(अभिनेत्री भने होइनन् । उनले यसअघि फिल्म ‘लाखे’मा सहायक अभिनेत्रीको रुपमा काम गरिसकेकी छन् । यद्यपि, यो फिल्मले उनलाई चर्चामा ल्याउन सकेन । नयाँ कलाकारको रुपमा चिनाउँदा धेरैको चासो रहने भएकाले पनि उनलाई ‘पर्खि बसें तिमीलाई’मा त्यसरी प्रस्तुत गरिएको हुनसक्छ ।

    छोरीका लागि निर्माता बुढाथोकीले म्यूजिक भिडियो र सर्ट फिल्ममा समेत लगानी गरेका छन् । रक्षाले पल शाहसँग खेलेको ‘डोली जन्ती’ म्यूजिक भिडियोमा उनले लगानीसँगै अभिनय पनि गरेका छन् । यस्तै, पुष्प खड्कासँग रक्षाले काम गरेको ‘आकाशको जुन’ गीतमा पनि उनको लगानी छ । रक्षाले खेलेका एउटा तीज गीत र ‘रक्षाको भाईटीका’ सर्ट फिल्ममा पनि राजाराम नै निर्माता छन् ।

    सन्तानका लागि परिवारले फिल्ममा लगानी गर्नु गलत भने होइन । त्यसबाट राम्रो कलाकार जन्मिँदा फिल्म क्षेत्रलाई नै फाइदा पुग्छ । तर, फिल्ममा टिकिरहन परिवारले लगानी गरेकै भरमा सम्भव हुँदैन । त्यसका लागि अभिनय क्षमता अनिवार्य सर्त हो । यसपटक रक्षालाई घरकै फिल्मबाट यो प्रमाणित गर्नुपर्ने चुनौती छ । एक हिसाबले उनका लागि ‘पर्खि बसें तिमीलाई’ करिअरको परीक्षा हो ।

    प्रकाशित : शनिबार, २१ पुष २०८० , ०९:०३ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend