logo

मंगलबार, २३ भाद्र २०८३

मंगलबार, भाद्र २३ २०८३

नेपाल फेरि पराजित, साउथ अष्ट्रेलियासँग दोस्रो अभ्यास खेलमा ३ रनले हार

नेपाल फेरि पराजित, साउथ अष्ट्रेलियासँग दोस्रो अभ्यास खेलमा ३ रनले हार


  • बिहिबार, भाद्र १२ २०८२
  • 1.2K
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।
    अष्ट्रेलियामा अभ्यास श्रृंखलाको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। शुक्रबार सम्पन्न खेलमा नेपाल साउथ अष्ट्रेलियासँग ३ रनले पराजित भएको हो।

    पहिलो ब्याटिङ गरेको साउथ अष्ट्रेलियाले २० ओभरमा १६० रनको योगफल बनायो। लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५७ रन मात्रै बनाउन सक्यो।

    नेपालका रुपेश सिंहले ३७ रन र लोकेश बमले ३२ रनको योगदान दिए पनि टोलीलाई जित दिलाउन सकेनन्। अन्य खेलाडीले सन्तोषजनक प्रदर्शन गर्न नसक्दा नेपाल तीन रनले हार मान्न बाध्य भयो।

    साउथ अष्ट्रेलियाका रायन किङले ३९ रन, डानियल ड्रिउ र ह्यारी मानेन्तीले समान २९–२९ रन बनाए। नेपालका लागि करण केसी, शाहब आलम र रुपेश सिंहले दुई–दुई विकेट झारे भने कुशल भुर्तेल र करण केसीले एक–एक विकेट लिए।

    यसअघि शुक्रबार बिहानै सम्पन्न पहिलो अभ्यास खेलमा पनि नेपाल साउथ अष्ट्रेलियासँग तीन विकेटले पराजित भएको थियो।

    नेपालले भने मंगलबारका दुवै अभ्यास खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई पराजित गरेको थियो।

    प्रकाशित : बिहिबार, १२ भाद्र २०८२ , ०२:१७ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend