logo

बुधबार, २४ भाद्र २०८३

बुधबार, भाद्र २४ २०८३

एकदिवसीय क्रिकेटको इतिहासमा पहिलो पटक बन्यो यस्तो रेकर्ड

एकदिवसीय क्रिकेटको इतिहासमा पहिलो पटक बन्यो यस्तो रेकर्ड


  • मंगलबार, कार्तिक ४ २०८२
  • 923
    SHARES

    काठमाडौं : ढाकामा बंगलादेश र वेस्ट इन्डिजबीच  भइरहेको पुरुष एकदिवसीय खेलमा नयाँ रेकर्ड बनेको छ। यस्तो एकदिवसीय क्रिकेटको इतिहासमा पहिलो पटक भएको हो।

    वेस्ट इन्डिज क्रिकेट टोली बंगलादेश भ्रमणमा छ। दुई टोलीबीच मंगलबार एकदिवसीय खेल भएको हो। यसमा बंगलादेशले पहिले ब्याटिङ गरेको थियो।

    खेलको सबैभन्दा रोचक कुरा वेस्ट इन्डिजका तीव्र बलरले एक ओभर पनि बलिङ गरेनन्।

    अर्थात् सम्पूर्ण ५० ओभर स्पिन बलरले बलिङ गरेका हुन्। यो नयाँ रेकर्ड बनेको छ।

    ईएसपीएन क्रिकइन्फोका अनुसार यस्तो अघिल्लो रेकर्ड ४४ ओभरको थियो। श्रीलंकाले तीन अलग–अलग अवसरमा बनाएको थियो।

    प्रकाशित : मंगलबार, ४ कार्तिक २०८२ , ०६:२२ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend