लोकसारथि संवाददाता।
सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाएको र श्रम शोषण भइरहेको भन्दै आन्दोलनरत आवासीय चिकित्सकहरूले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउको प्रयास गरेका छन्।
आवासीय डाक्टरलाई आठौँ तह बराबर सेवा सुविधा दिने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनमा नआएको भन्दै उनीहरूले माइतीघर मण्डलाबाट र्यालीसहित मन्त्रालयतर्फ जाने प्रयास गरेका थिए। तर प्रहरी प्रशासनले प्रदर्शनकारी चिकित्सकहरूलाई रोक्ने क्रममा केहीबेर धकेलाधकेल समेत भएको थियो।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले शान्तिपूर्ण रूपमा ध्यानाकर्षण गराउन खोज्दा पनि प्रहरी लगाएर रोकिएकोप्रति आपत्ति जनाए। उनका अनुसार स्वास्थ्य मन्त्रालयकै निर्णयमा स्वास्थ्यमन्त्रीको हस्ताक्षर रहेको तर त्यो निर्णयलाई बेवास्ता गरिएको छ।
प्रमुख मागहरू
आन्दोलनरत चिकित्सकहरूले सरकारसँग निम्न मागहरू राखेका छन्:
-
चिकित्सा शिक्षा आयोगले तोकेको आठौँ तहको तलब संरचना तुरुन्त लागू गर्न,
-
चिकित्सकहरूको शैक्षिक प्रगति र सेवा सुरक्षाको सुनिश्चितता गर्न।
आन्दोलन चर्किने चेतावनी
नेपाल चिकित्सक संघले आफ्ना माग पूरा नभए वैशाख १२ गतेदेखि देशभर आकस्मिक र सघन उपचार सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने चेतावनी दिएको छ। संघले सरकारलाई गम्भीरता साथ लिन आग्रह गर्दै स्वास्थ्य क्षेत्रमा श्रमको सम्मान आवश्यक रहेको स्पष्ट पारेको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
