लोकसारथि संवाददाता, काठमाडौं ।
मधेस प्रदेशमा हैजाको प्रकोप रोकिएको छैन। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा थप ३६ जनामा हैजा पुष्टि भएको छ। यससँगै प्रदेशमा हैजा संक्रमितको कुल सङ्ख्या १ हजार ११७ पुगेको छ।
हालसम्म १ हजार ३४ जना बिरामी निको भइसकेका छन् भने सक्रिय संक्रमितको सङ्ख्या ८३ मा झरेको छ।
निगरानी र रोकथाम
वीरगन्ज महानगरपालिकाका विभिन्न हटस्पट क्षेत्रमा खानेपानीको गुणस्तर परीक्षण भइरहेकाे महाशाखाले जनाएको छ। जिल्ला स्वास्थ्य कार्यालय र महानगरपालिकासँग सहकार्य गर्दै खानेपानीमा नियमित रूपमा क्लोरिन परीक्षण तथा निगरानी भइरहेको छ।
विद्यालयहरूलाई समेत फ्रि रेसिड्युअल क्लोरिन (FRC) को स्तर कायम राख्न सल्लाह दिइएको छ। साथै, आम नागरिकलाई पानी उमालेर वा क्लोरिन प्रयोग गरी शुद्धिकरण गरेर मात्र पिउन आग्रह गरिएको छ।
हैजा : रोकथामयोग्य र उपचार योग्य रोग
विशेषज्ञहरूको भनाइमा हैजा पूर्ण रूपमा रोकथाम गर्न सकिने र उपचार योग्य रोग हो। तर, लक्षण देखिएको बेला समयमै उपचार नगरेमा प्राणघातक बन्न सक्छ।
-
विशेषगरी, एक दिनमै ३० पटकभन्दा बढी पातलो पखाला (watery stool) हुने अवस्था देखिएमा शरीरमा अत्यधिक पानीको कमी (severe dehydration) हुन्छ।
-
मानिसको शरीरमा कुल पानीको १५–२५% भाग गुमेपछि ज्यान जाने अवस्था आउँछ।
डिहाइड्रेसनका चरणहरू
-
माइल्ड (२% पानी गुम्दा) : तिर्खा लाग्ने, पिसाब कम हुने, पिसाब गाढा हुने।
-
मोडरेट (५–८% पानी गुम्दा) : थकान, टाउको घुम्ने, मुटुको गति बढ्ने।
-
सिभियर (१०% भन्दा बढी पानी गुम्दा) : शारीरिक–मानसिक अवस्था बिग्रने, बेहोस हुने। तुरुन्त उपचार आवश्यक।
-
लिथल (१५–२५% पानी गुम्दा) : मृत्यु हुने।
चेतावनी
महाशाखाले झाडा–पखाला वा हैजाका प्रारम्भिक लक्षण देखिनेबित्तिकै ढिला नगरी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
