Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

मंगलबार, २३ भाद्र २०८३

मंगलबार, भाद्र २३ २०८३

दही सम्बन्धी जानकारी जुन थोरैलाई मात्र थाहा छ

दही सम्बन्धी जानकारी जुन थोरैलाई मात्र थाहा छ


  • मंगलबार, साउन ३० २०८०
  • 1.7K
    SHARES

    दूध दही बच्चाबच्चीदेखि वृद्धसम्मकाले खान मिल्ने सजिलै जहाँ पनि पाइने खानेकुरा हुन् । यी दुवैको सेवन स्वास्थ्यका लागि राम्रो हुन्छ । तर दूधभन्दा दही खानु स्वास्थ्यका लागि लाभदायक छ । दूधलाई अमिलो बनाएर दही जमाइने हो । यसमा भएका ब्याक्टेरियाका कारण यसलाई छिटो पचाउन सजिलो हुन्छ । यसमा दूधभन्दा बढी प्रोटीन, ल्याक्टोज, क्याल्सियम र अन्य धेरै भिटामिनहरू पाइन्छन् ।

    दूध दही बच्चाबच्चीदेखि वृद्धसम्मकाले खान मिल्ने सजिलै जहाँ पनि पाइने खानेकुरा हुन् । यी दुवैको सेवन स्वास्थ्यका लागि राम्रो हुन्छ । तर दूधभन्दा दही खानु स्वास्थ्यका लागि लाभदायक छ । दूधलाई अमिलो बनाएर दही जमाइने हो । यसमा भएका ब्याक्टेरियाका कारण यसलाई छिटो पचाउन सजिलो हुन्छ । यसमा दूधभन्दा बढी प्रोटीन, ल्याक्टोज, क्याल्सियम र अन्य धेरै भिटामिनहरू पाइन्छन् ।

    दहीमा भिटामिन ए र बी–१२ हुन्छ अनि क्याल्सियम पनि धेरै हुन्छ । हाड र दाँत बलियो बनाउन यसले मद्दत गर्छ । अस्टियोपोरोसिस जस्ता रोगसँग लड्न यसले मद्दत गर्छ । दूध छिट्टो पच्दैन र कब्जियत तथा ग्यास पैदा गर्छ । तर दही तुरन्तै पच्छ । खाना खाएपछि दही लिँदा पाचनप्रणालीलाई आराम पुग्छ । एक दिनमा २५० मि.लि. दही खानु सही हुन्छ । राम्रो खाने कुराहरुको खाने मात्रा, विधि र समय थाहा नपाउँदा हामीलाई जति लाभ हुनु पर्थ्यो त्यति लाभ मिल्दैन बरु उल्टै नोक्सान हुन्छ ।

    दिउँसो भोजनको समयमा दही खानुभयो भने तपाईंलाई फाइदा हुन्छ । तर यसको मात्रा तपाईंले खाने अन्य कुराको हदले निर्धारण गर्ने हो । राति कहिल्यैपनि दही खानु हुँदैन । मासु खानुभएको छ त बिर्सेर पनि दूध वा दही नखानुहोला । अनि बासी दही कदापि नखानुस् ।डायबिटिज भएकाहरुले पनि दही खान मिल्छ । दही आफै चिसो प्रकृतिको भएकाले रुघाखोकी, टन्सिल, दम र श्वास फेर्न समस्या भएकाहरूले दही खानै हुँदैन ।
    दहीको सन्दर्भमा थोरैलाई मात्रै थाहा भएका यस्ता यस्तै तथ्यहरु यो लेखबाट तपाईले थाहा पाउनुहुनेछ:
    १) दही प्रकृतिमा चिसो हुन्छ। त्यसैले तातोपानी, तातो चिज यससँग कहिल्यै सेवन नगर्नुहोस्। खानाको लागि दही कहिल्यै तताउनु हुँदैन। विवाह भोज तथा अन्य
    भोजहरूमा एउटा नराम्रो कुरा यो हो कि दही अन्य तातो चिजसँग खाइन्छ । यो बानीले शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउँछ ।
    २) ताजा दही गर्मीयाममा स्वास्थ्यबर्धक हुन्छ । दही कोठाको तापमानमा दुई घण्टाभन्दा राख्नु हुँदैन । फ्रिजमा भने राख्न सकिन्छ तर ५ डिग्री सेल्सियसभन्दा कम तापमान मिलाएर । दहीको आयु १ देखि २ सातासम्मको हुन्छ । फ्रिजमा तापमान मिलाएर दुई सातासम्म राख्न सकिन्छ ।
    ३) दहीसँग प्याज, दूध, मुला, लहसुन, मासको दाल, नुन र फलफूल खानु हुँदैन ।
    ४) गुड वा सख्खर दही वा मोहीको राम्रो मिश्रण हुनसक्छ । तर सकेसम्म दहीमा केही नमिसाइ खाएको राम्रो हुन्छ ।
    ५) अमिलो र पुरानो अर्थात् बासी दही विष समान हो। ताजा दही मात्र प्रयोग गर्नुहोस्।
    मानिसहरु अमिलो दही राखेर चुकौनी बनाएर खान मन पराउँछन् । कसैकसैले मासुको परिकारमा समेत दही मिसाउने गर्दछन् । यो गलत अभ्यास हो । किनकि तताएको वा अमिलो दहीबाट पौष्टिक तत्व पाइदैन । र अर्काे शरीरमा यो सुस्तो सुस्तो विषमा परिणत हुन्छ ।
    ६) श्वासप्रश्वासका रोगीहरुका लागि दही शत्रु समान मानिन्छ ।
    ७) वातका रोगी जसलाई जोर्नी दुख्ने समस्या छ उनीहरु दहीको सेवनबाट बच्नुपर्दछ किनकि यसले दुखाईलाई वृद्धि गर्दछ ।
    ८) घाममा काम गरेर वा कसरत व्यायाम गरेपछि रगतको उष्णता बढ्छ, यस्तो अवस्थामा दही कहिल्यै नखानुहोस्। सामान्य माटोको भांडामा राखेको पानीमा दही मिसाएर बनाइएको लस्सी वा मोही स्वास्थ्य बर्धक हुन्छ ।
    ९) कब्जियतको समस्या छ भने दहीले रोग बढाउन सक्छ तर दहीमा नर्मल पानी मिसाएर खाएमा राम्रो हुन्छ ।
    १०) साँझ परेपछि अथवा रातिको समयमा दही सेवन गर्नुहुँदैन ।
    ११) नेपालको तराई तथा भित्री तराई क्षेत्र एवं पहाडी जिल्लाहरुमा दही वैशाखदेखि भदौ महिनासम्म सेवन गर्नसकिने उत्तम समय हो ।
    १२) लोकल गाइको दही जर्सी गाइकोभन्दा राम्रो हुन्छ । भैसीको दूधले बनेको दही केही मात्रामा गरिष्ठ मानिन्छ त्यसैले जिम जाने, सधै कसरत गर्नेहरुका लागि भैसीको दूधबाट बनेको दही राम्रो मानिन्छ ।
    १३) अन्य भांडामा भन्दा माटोको भांडामा दही बनाएर खानु राम्रो हो ।
    १४) तामाको भांडामा दही कहिले पनि राख्नु हुँदैन । तामाको भांडामा राखिएको पानी मिसाएर पनि दही सेवन गर्नुहुँदैन ।
    १५) फ्रिजमा राखेर धेरै चिसो बनाइएको दही त्यही अवस्थामा सेवन गर्नु हुँदैन । बाहिर निकालेर आधा घण्टाजति राखेपछि वा नर्मल पानीमा मिसाएर खाएको राम्रो हुन्छ ।
    १६) दूध र दही एकसाथ सेवन गर्नु हानिकारक मानिन्छ । अब, यो अनौठो लाग्न सक्छ, तर यो वास्तवमा सत्य हो कि दूध र दहीको मिश्रणले एसिडिटी, छातीमा जलन,
    पखाला लाग्ने र पेट फुल्ने समस्या हुनसक्छ।

    प्रकाशित : मंगलबार, ३० साउन २०८० , ११:४६ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend