Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

पूर्वसर्त पूरा नभएसम्म चिकित्सक छलफलमा नबस्ने

पूर्वसर्त पूरा नभएसम्म चिकित्सक छलफलमा नबस्ने


  • बिहिबार, असोज ११ २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले बोलाएको वार्तामा आन्दोलनरत आवासीय चिकित्सक नजाने भएका छन् । आफ्ना पूर्वसर्त पूरा नभएसम्म वार्तामा नबस्ने उनीहरूले अडान लिएका छन् ।

    पोखराको मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि कुटपिट गर्नेलाई पक्राउ गर्नुपर्ने आन्दोलनरत चिकित्सकको पूर्वसर्त छ ।

    “गृह मन्त्रालयसँग हामी निरन्तर संवादमा छौँ, गृहमन्त्री आफैँ वार्तामा बस्ने भनिएको छ, तर हामीलाई कुटपिट गर्ने व्यक्ति खुलेआम हिँडिरहेका छन् कसरी वार्तामा बस्ने ?”

    आवासीय चिकित्सकका तर्फबाट संघर्ष समिति सहसंयोजक डा. अरुण उप्रेतीले भने ।

    गृह मन्त्रालयले भने चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमणका दोषीलाई कारबाही गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् । मन्त्रालयले आन्दोलनरत चिकित्सकलाई आ–आफ्नो कार्यक्षेत्रमा फर्किन आग्रह गर्दै आएको छ ।

    अस्पतालमा गुण्डागर्दी हट्नुपर्ने, चिकित्सकको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने, भौतिक आक्रमणमा उत्रिनेमाथि ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९’ अनुसार कारबाही हुनुपर्ने भन्दै आवासीय चिकित्सक विगत तीन दिनदेखि आन्दोलनमा छन् ।

    प्रकाशित : बिहिबार, ११ असोज २०८० , ०५:०० बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend