Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

मंगलबार, २३ भाद्र २०८३

मंगलबार, भाद्र २३ २०८३

तलब खुवाउन नसकेपछि वीर अस्पतालका २७६ कर्मचारीहरु सेवाबाट हटाइए

तलब खुवाउन नसकेपछि वीर अस्पतालका २७६ कर्मचारीहरु सेवाबाट हटाइए


  • बुधबार, असोज २४ २०८०
  • 494
    SHARES

     

    लोक सारथी

    वीर अस्पतालमा कार्यरत कर्मचारीलाई जागिरबाट हटाइएको छ । तलब खुवाउन नसकेपछि करारमा कार्यरत २७६ जना कर्मचारीहरुलाई एकैपटक सेवाबाट हटाइएको हो । विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को सन्दर्भमा मङ्गलबार काठमाडौंमा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले कोभिड–१९ को बेला कोभिड प्रयोजनमा नियुक्त गरिएका कर्मचारीहरुलाई तलब दिन नसकेपछि निकाल्न बाध्य भएको बताए। बस्नेतले स्वास्थ्य क्षेत्रमा लामो समयदेखि दरबन्दी अभाव समस्याका रुपमा रहेको भन्दै अब यो छिट्टै समाधान हुने बताएका थिए ।

    मन्त्री बस्नेतले २०५४ सालदेखि स्वास्थ्य क्षेत्रमा दरबन्दी बढाउने काम अलमलिएर बसेको भन्दै चाँडैनै विज्ञापनमार्फत नयाँ नियुक्ति प्रकृया थालिने बताए । मन्त्री बस्नेतले देशको आर्थिक अवस्था पनि विकराल रहेको र तलब खुवाउन सक्ने अवस्था समेत नआएपछि हटाउन बाध्य भएको जानकारी दिएका थिए ।

    वीर अस्पतालमा कोभिड–१९ को बेला कोभिड प्रयोजनमा राखिएका करिब तीन सय कर्मचारीहरुलाई तलब दिन नसकेपछि निकालिएको छ । मन्त्री बस्नेतले मन्त्रालयमा आउनुभन्दा अघिदेखि नै सयौं कर्मचारीहरु तलब नपाएर अलपत्र परेका थिए । मन्त्री बस्नेत अनुसार अर्थ मन्त्रालयको एक अर्ब २३ करोड रुपियाँ फाजिलमा खर्च भएको छ ।  सधैँभरी फाजिलका लागि बाँड्नसक्ने अवस्था देशमा नरहेको उनले बताए । चाँडोभन्दा चाँडो नयाँ भर्नाको प्रकृया वा दरबन्दी सृजना गरेर काम गर्ने प्रकृया अघि अघि बढाउने कुरामा बस्नेतले जोड दिएका थिए ।

    मन्त्री बस्नेतले स्वास्थ्यकर्मी उत्पादन निकै कम भएको भन्दै यथाशिघ्र चिकित्सा शिक्षा ऐन संशोधन गरिने बताए ।  संविधानको मौलिक हकमा आधारभूत स्वास्थ्य सेवा जनतालाई निःशुल्क गर्ने भन्ने उल्लेख भए पनि कार्यान्वयन गर्न सरकार प्रतिबद्ध भएर लागिरहेको बस्नेतले जानकारी दिए।

     

    प्रकाशित : बुधबार, २४ असोज २०८० , ०५:०२ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend