Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

चट्याङबाट बच्न पूर्वतयारीमा रहन स्वास्थ्य मन्त्रालयको आग्रह

चट्याङबाट बच्न पूर्वतयारीमा रहन स्वास्थ्य मन्त्रालयको आग्रह


  • सोमबार, असोज २९ २०८०
  • 715
    SHARES

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चट्याङबाट हुने क्षतिको उचित व्यवस्थापन र चट्याङबाट सुरक्षित रहन देशभरका स्वास्थ्य संस्था र सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

    मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आज जारी गरेको विज्ञप्तिमा स्वास्थ्य संस्था र उपकरणलाई चट्याङ प्रतिरोधी बनाउन उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘चट्याङबाट हुने चोटपटकको व्यवस्थापन र लक्षण विद्युतीय प्रकोपबाट हुने क्षतिभन्दा फरक भएकाले चट्याङसँग सम्बन्धित चोटपटकको उचित व्यवस्थापन गर्न आग्रह गर्दछौं ।

    मन्त्रालयसँगको तथ्यांकअनुसार २०२२ जुन ५ देखि अक्टोबर १६ सम्म चट्याङका १८७ घटनामा ६० जनाको मृत्यु भएको छ भने १५७ जना घाइते भएका छन् ।

    “यस वर्ष चट्याङका घटना बढेका छन् । स्वास्थ्य संस्थालाई चट्याङबाट जोगाउन र चट्याङका कारण घाइते भएकाहरुका लागि उचित व्यवस्थापनको पूर्वतयारी आवश्यक छ ।’ विज्ञप्तिमा भनिएको छ।

    प्रकाशित : सोमबार, २९ असोज २०८० , ०३:३५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend