logo

मंगलबार, २३ भाद्र २०८३

मंगलबार, भाद्र २३ २०८३

अनामनगरस्थित स्टुडियोमा युवतीद्वारा आत्मदाह प्रयास : दुईजना घाइते, कीर्तिपुर बर्न अस्पतालमा उपचाररत

अनामनगरस्थित स्टुडियोमा युवतीद्वारा आत्मदाह प्रयास : दुईजना घाइते, कीर्तिपुर बर्न अस्पतालमा उपचाररत


  • शनिबार, कार्तिक १ २०८२
  • 754
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    काठमाडौंको अनामनगरस्थित एक स्टुडियोमा शनिबार दिउँसो एक युवतीले आत्मदाह प्रयास गरेकी छिन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, अन्दाजी ३० वर्षीया नितु पौडेलले स्टुडियोभित्र पेट्रोल खन्याएर आफैंलाई जलाउने प्रयास गरेकी हुन्।

    प्रहरी प्रवक्ता एसपी पवन भट्टराईका अनुसार पौडेलसहित धनबहादुर गिरी नामक एक युवक पनि आगलागीमा परेर घाइते भएका छन्। दुवैलाई तत्काल उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको प्रहरीले जनाएको छ।

    “महिलाले आफैंलाई जलाउने प्रयास गरेको खबर पाएपछि हाम्रो टोली तुरुन्तै घटनास्थल पुगेको थियो। अहिले दुवैलाई अस्पतालमा उपचारका लागि लगिएको छ,”
    एसपी भट्टराईले जानकारी दिए।

    बबुल गिरीको स्टुडियोमा घटना

    प्रहरी अनुसन्धानका अनुसार उक्त स्टुडियो लोकप्रिय गायक बबुल गिरीको स्वामित्वमा रहेको बताइएको छ। घटनाको विस्तृत कारण र पृष्ठभूमि हालसम्म खुल्न बाँकी छ।

    प्रहरीले घटनास्थल सिलबन्दी गरी प्रारम्भिक अनुसन्धान अघि बढाएको जनाएको छ। घटनाको प्रकृति हेर्दा व्यक्तिगत विवाद वा मानसिक तनावको कारणले यस्तो घटना भएको हुन सक्ने अनुमान गरिएको छ, तर आधिकारिक पुष्टि हुन बाँकी छ।

    अवस्था गम्भीर, अनुसन्धान जारी

    घाइते दुवैजनाको अवस्था गम्भीर रहेको र बर्न अस्पतालमा उपचार भइरहेको प्रहरी स्रोतले जनाएको छ।
    प्रहरीले आत्मदाह प्रयासका पछाडिका कारण, सम्बन्ध र स्टुडियोमा रहेका अन्य व्यक्तिहरूको बयान संकलन गर्न थालेको छ।

    प्रकाशित : शनिबार, १ कार्तिक २०८२ , ०५:०४ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend