logo

शुक्रबार, ८ साउन २०८३

शुक्रबार, साउन ८ २०८३

शेरा दरबारमा मेरो कुनै संलग्नता छैन, भेटिएमा मलाइ पनि कारबाही होस्: प्रचण्ड

शेरा दरबारमा मेरो कुनै संलग्नता छैन, भेटिएमा मलाइ पनि कारबाही होस्: प्रचण्ड


  • बिहिबार, पुष १८ २०८१
  • 1.6K
    SHARES

    काठमाडौं ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नुवाकोटस्थित  शेरा दरबारको छानबिनमा सहयोग गर्ने बताएका छन् । उनका पार्टीका पूर्व कार्यालय सचिव विकेश श्रेष्ठले सो दरबारको जग्गा व्यक्तिको नाममा नामसारी गरेको खुलासा भएपछि पछिल्लो समयमा सो विषय चर्चामा आएको छ ।

    प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एमालेका सांसद वासुदेव घिमिरेको गृहमन्त्री रमेश लेखकलाई शेरा दरबारको जग्गाबारे सोधे पछि प्रचण्डले पनि त्यसमा थप जवाफ दिएका हुन्।

     ‘शेरा दरबारको जग्गाबारे कानुन विपरीत काम भएको छ भने फिर्ता ल्याइयोस्, यति काम गरेमा म सरकारलाई धन्यवाद  भन्छु’ उनले बैठकमा भने, ‘शेरा दरबारमा दोषीलाई कारवाहीको दायरामा ल्याइयोस् ।’ सो दरबारका बारेमा आफूले सार्वजनिक मञ्च र सामाजिक सञ्जालवाट पनि प्रस्टीकरण दिदैँ सरकारको जमिन व्यक्तिको नाममा ल्याउनेलाई कानुनी कारबाही गर्नुपर्छ भन्ने पक्षमा रहेको जनाए ।  

    ‘राज्यको जमिन व्यक्तिको नाममा गएको छ भने कानुन बमोजिम फिर्ता ल्याउनुपर्छ, छानबिन गर्दै गएमा प्रचण्ड पनि देखिएको छ भने पनि मलाइ पनि छानबिनको दायरामा ल्याउनुहोस्,’ उनले भने । तर, सो प्रकरणमा आफ्नो नाम जोडिएकोमा भने उनले दुःख व्यक्त गरेका छन् ।

     गौरीगञ्ज झापाको आमसभामा पनि अध्यक्ष प्रचण्डले बिकेश श्रेष्ठले पार्टी छाडेर गएको १०–१२ बर्ष भइसकेको जनाउँदै आफ्नो नाम नमुछन आग्रह गरेका थिए। 

    प्रकाशित : बिहिबार, १८ पुष २०८१ , ०८:२७ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend