logo

शुक्रबार, ८ साउन २०८३

शुक्रबार, साउन ८ २०८३

आयो स्वर्णलक्ष्मी सहकारीको अनुसन्धान प्रतिवेदन, लामिछानेसहित ४४ जना प्रतिवादी

आयो स्वर्णलक्ष्मी सहकारीको अनुसन्धान प्रतिवेदन, लामिछानेसहित ४४ जना प्रतिवादी


  • बिहिबार, पुष १८ २०८१
  • 1K
    SHARES

    काठमाडौँ । प्रहरीले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे अनुसन्धान सकेर प्रतिवेदन बुझाएको छ । ४४ जनालाई प्रतिवादी कायम गरेर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताएका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहित ४४ जनालाई प्रतिवादी कायम गर्न प्रहरीले राय दिएको छ । प्रहरीले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदाबी लिन सरकारी वकिललाई राय दिएको छ । कार्तिक २१ मा लेखा समिति सदस्य सुनिता नेवा र कार्तिक २६ मा ऋण उप-समिति सदस्य कमल लामा पक्राउ परेका थिए ।

    स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न आरोपीहरू मध्ये ५ जना थुनामा छन् । रवि लामिछाने र पूर्व डीआईजी जोशी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । कोषाध्यक्ष कुमार रम्तेल कारागारमा छन् ।

    अन्य प्रतिवादीहरूलाई प्रहरीले फरार सूचीमा राखेर अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

    प्रकाशित : बिहिबार, १८ पुष २०८१ , १२:०३ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend