logo

मंगलबार, २३ भाद्र २०८३

मंगलबार, भाद्र २३ २०८३

ठगीमा मुछिएपछि लेखा समितिका सभापति ऋषिकेशका स्वकीय सचिव निष्कासित

ठगीमा मुछिएपछि लेखा समितिका सभापति ऋषिकेशका स्वकीय सचिव निष्कासित


  • शुक्रबार, पुष १९ २०८१
  • 858
    SHARES

    काठमाडौं : सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेल पदबाट बर्खास्त भएका छन्। पोखरेल ठगी धन्दामा संलग्न रहेको विषय सार्वजनिक भएपछि सभापति पोखरेलले उनलाई स्वकीय सचिवको जिम्मेवारीबाट निष्काशन गरेका हुन्।

    सभापति पोखरेलले शुक्रबार संघीय संसदको महासचिवलाई पत्र लेख्दै अनिललाई स्वकीय सचिवबाट निष्काशन गरेको  जानकारी गराएका छन्। 

    सभापति पोखरेलले उनीमाथि लागेको आरोपको अनुसन्धानमा सहयोग गर्न स्वकीय सचिवको जिम्मेवारीबाट निष्काशन गरेको बताएका छन्। 

    एमबीबीएसमा नाम निकालिदिने भन्दै लाखौं रकम लिएको आरोप उनीमाथि छ।

    प्रकाशित : शुक्रबार, १९ पुष २०८१ , ०६:५३ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend