logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

मापसे चेकिङ्ग विरुद्ध वडाध्यक्षकै नेतृत्वमा जुलुस : प्रहरीले चलायो गोली

मापसे चेकिङ्ग विरुद्ध वडाध्यक्षकै नेतृत्वमा जुलुस : प्रहरीले चलायो गोली


  • आइतबार, पुष २१ २०८१
  • 650
    SHARES

    काठमाडौं । सर्लाहीको रमानगर वडा नम्बर ५ बैजनाथमा गएराति स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीले पाँच राउन्ड गोली चलाएको छ । मधेस प्रदेश प्रहरी प्रवक्ता एसपी सुवास बोहोराले दिएको जानकारीअनुसार उक्त स्थानमा प्रहरीले मापसे चेक गरिरहेको थियो ।

    मापसेमा परेका युवाहरूले झगडा गर्न थालेपछि वडाध्यक्ष श्रीनन्दन यादवको नेतृत्वमा १५० जनाको टोली चौकी घेराउका लागि आइपुगेका थिए । इलाका प्रहरी कार्यालय गडहिया डुमरिया सर्लाहीका प्रमुख प्रहरी निरीक्षक उज्ववल कार्कीको कमान्डमा मापसे चेकिङ भइरहेको थियो ।

    प्रहरीका अनुसार वडाध्यक्ष श्रीनन्दन राय पनि मादक पदार्थ सेवन गरेर आएका थिए । १५० जनाको टोलीले प्रहरीको गाडीमाथि आक्रमण गर्न थालेपछि पाँच राउन्ड गोली चलाइएको प्रहरीले जनाएको छ । घटनामा केही स्थानीयसहित एकजना प्रहरी घाइते भएका छन् । प्रहरी हवल्दार शैलेन्द्र राय यादवको टाउकोमा चोट लागेको छ । उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

    प्रकाशित : आइतबार, २१ पुष २०८१ , ०४:२३ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend