पुरुषोत्तम पाण्डेय, वैशाख–२० । बुटवल लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालको आयोजनामा नेपाली नाट्यविमर्श कृतिको लोकार्पण तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । प्रा.डा. रामचन्द्र पोखरेलको प्रधानसम्पादकत्वमा नेपाल नाट्यप्रतिष्ठान पोखराले प्रकाशन गरेको ९३८ पृष्ठमा संरचित नेपाली नाट्यविमर्श कृतिको लोकार्पण लुम्बिनी प्रदेशका सभामुख माननीय तुलाराम घर्तीमगरलगायतले संयुक्त रूपमा लोकार्पण गर्नुभएको हो ।
कृतिमा नेपाली नाट्यविधासँग सम्बन्धित अनुसन्धानात्मक लेख, कार्यपत्र, नाट्यवार्ता तथा केही नेपाली नाटककार र नाट्यकृति समावेश गरिएको छ । कार्यक्रममा नेपाली नाटक विधाको क्षेत्रमा योगदान पु¥याउने हेमराज भुसाल, कमल गाउँले, डिल्लीनारायण पाण्डेय,, नारायण योगी, शान्तराम गिरी, प्रा.डा. रामचन्द्र पोखरेल, दिल साहनी, झपेन्द्र जिसी, भावना खनाल, डा. नारायणप्रसाद पन्थ, पुस्कर रेग्मी अथकलाई नेपाली नाट्यरत्न सम्मान २०८२ ले सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रा.डा. रामनाथ ओझाले नेपाली नाट्य विमर्श कृति नेपाली नाटक विधाको ऐतिहासिक पुस्तक रहेको बताउँदै कृतिले नेपाली नाट्यविधालाई समेटेको बताउनुभयो । त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सभामुख माननीय तुलाराम धर्ती मगरले नेपाली साहित्यको श्रीवृद्धिमा लुम्बिनी वाङ्मयले निरन्तर कार्य गरिरहेकोप्रति प्रशंसा व्यक्त गर्दै नाटक विधामा नेपाली नाट्यविमर्श महत्वपूर्ण रहेको बताउँदै नेपाली साहित्यको विकास र उन्नयनका लागि लुम्बिनी प्रदेशमा प्रदेश स्तरीय प्रज्ञा प्रतिष्ठान निर्माण गर्न ड्राफ्ट तयार भइरहेको बताउनुभयो ।

लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष ऋषि आजादको अध्यक्षता, प्राज्ञ बूँद राना, संविधान सभाका सभासद् नेत्रप्रसाद पन्थी, शिक्षाविद् लोकनाथ उपाध्याय, साहित्यकार जङ्गबहादुर शाहको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा कविता पन्थीले स्वागत र डा.नारायणप्रसाद पन्थले कार्यक्रमको समन्वय गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव पुरुषोत्तम पाण्डेयले गर्नुभएको थियो । कार्यक्रममा हेमराज भुसाल, नारायण योगी, कमल गाउँले, पुष्कर रेग्मी अथक, डिल्लीनारायण पाण्डेय, झपेन्द्र जिसीलगायतले सम्मानित गरेकोमा प्रतिष्ठानप्रति आभार व्यक्त गर्दै प्रहसन, भूमिका अभिनय र गीत प्रस्तुत गर्नुभएको थियो भने उपस्थित स्रष्टाहरुले कविता, लघुकथा र मुक्तक प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको दोस्रो सत्रमा डा. नारायणप्रसाद पन्थको अध्यक्षतामा १५ सदस्यीय नेपाल नाट्य प्रतिष्ठान लुम्बिनी प्रदेशको गठनसमेत गरिएको थियो ।
प्रकाशित :
शनिबार, २० बैशाख २०८२ , ०६:५२ बेलुका
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित न्युज
ताजा अपडेट
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
