logo

मंगलबार, २३ भाद्र २०८३

मंगलबार, भाद्र २३ २०८३

कृति लोकार्पण, लघुकथा वाचन तथा सम्मान कार्यक्रम हुँदै

कृति लोकार्पण, लघुकथा वाचन तथा सम्मान कार्यक्रम हुँदै


  • आइतबार, माघ ४ २०८२
  • 2K
    SHARES

    माघ ४, बुटवल । प्रश्रित प्रतिष्ठान नेपाल, रुपन्देहीले यही माघ ५ गते योगीकुटी स्थित मणिमुकुन्द कलेजमा कृति लोकार्पण, लघुकथा वाचन तथा सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ।

    लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्टार डा. तिलक आचार्यको प्रमुख आतिथ्यमा हुने उक्त कार्यक्रममा डा. शालिकराम पौड्यालद्वारा सम्पादित लेखक कपिल लामिछानेको “लघुकथासाधना” कृतिको लोकार्पण तथा परिचर्चा गरिनेछ।

    कार्यक्रममा भुँडीपुराण प्रकाशन, काठमाडौँका प्रबन्धक केशवप्रसाद पराजुलीलाई साहित्यिक योगदानको कदर गर्दै सम्मान गरिने आयाेजक पक्षले जानकारी दिएको छ ।  बिहान ११ः४५ बजेबाट सुरु हुने उक्त कार्यक्रममा स्रष्टा लेखक र प्रकाशकबिच अन्तर्क्रिया पनि रहने प्रतिष्ठानका महासचिव डा. शालिकराम पौड्यालले बताउनुभयो।

    प्रकाशित : आइतबार, ४ माघ २०८२ , ०३:४८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend