logo

मंगलबार, २३ भाद्र २०८३

मंगलबार, भाद्र २३ २०८३

सरस्वती वन्दना: हे सरस्वती माता, हामीलाई देउ ज्ञान

सरस्वती वन्दना: हे सरस्वती माता, हामीलाई देउ ज्ञान


  • शुक्रबार, माघ ९ २०८२
  • 1.1K
    SHARES

    सरस्वती वन्दना

    हे सरस्वती माता, हामीलाई देउ ज्ञान
    जिन्दगी अर्पियौं तिम्रै पूजामा
    हामीलाई आफ्नै पुजारी मान
    हे सरस्वती माता हामीलाई देउ ज्ञान …………..

    विद्याको मन्दिरमा जिन्दगी गुजारी
    बन्ने छौं सँधै तिम्रै पुजारी
    खोल्ने छौं पुस्तक जपेर तिम्रै नाम
    तिमी नै माता हाम्रो चारै धाम
    तिम्रै हातमा छ भविष्य हाम्रो
    पुकार्छौं छोएर चरण
    हे सरस्वती माता हामीलाई देउ ज्ञान …………..

    विन्ति छ माता सुनीदेउ पुकार
    दिएर ज्ञान हामीलाई गर उपकार
    तिमी त माँ हाम्री विद्याकी खानी
    देउ ज्ञान हामीलाई हामी छौं अज्ञानी
    अज्ञानीको बांझो मस्ष्तिकमा
    ज्ञानको बीउ छर न
    हे सरस्वती माता हामीलाई देउ ज्ञान …………..

    शक्ति देऊ गर्छाैं अधर्मको नाश
    सत्यकै जय होस् नटुटोस् विश्वास
    बनाऊ माँ हामीलाई धर्मकै माध्यम
    सदभावना हामीमा सदा रहोस् कायम
    तिम्रो इच्छा नै इच्छा हो हाम्रो
    गर्छाैं सदा आज्ञाको पालन
    हे सरस्वती माता हामीलाई देउ ज्ञान …………..

    जीवनको जति छ हामीसँग दिनचार
    मनमा सदा आओस् आध्यात्मिक विचार
    तिम्रै ध्यान गर्न यो मनले नभूलोस्
    जीवन सारा जीवको फलोस् फुलोस्
    लोभ, रिस, मोह, काम, अहँकार
    बिनै बितोस् हाम्रो जीवन
    हे सरस्वती माता हामीलाई देउ ज्ञान …………..

    शब्द : राधाचाकर | नारायण

     

    प्रकाशित : शुक्रबार, ९ माघ २०८२ , १०:०० बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend