logo

मंगलबार, २३ भाद्र २०८३

मंगलबार, भाद्र २३ २०८३

सोनाम ल्होसारको अवसरमा ३ दिन सार्वजनिक बिदा

सोनाम ल्होसारको अवसरमा ३ दिन सार्वजनिक बिदा


  • सोमबार, माघ १४ २०८१
  • 2.5K
    SHARES

    लोकसारथि, माघ १४ । मकवानपुरको राक्सिराङ गाउँपालिकाले सोनाम ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ।

    गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले शुभकामना सन्देश जारी गर्दै माघ १६, १७ र १८ गते गाउँपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिएका छन्।

    मञ्जुश्री संवत् २८६१ डुल लो–सर्व वर्ष ल्हो सोनाम ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ समुदायको सुस्वास्थ्य, दीर्घायु, सुख र समृद्धिको कामना गर्दै अध्यक्ष मल्लले तामाङ समुदायको यस विशेष पर्वमा गाउँपालिकाभित्रका सरकारी तथा सार्वजनिक कार्यालय, शिक्षण संस्था, बैंक तथा वित्तीय संस्थामा बिदा दिइएको बताए।

    सोनाम ल्होसार तामाङ समुदायको प्रमुख सांस्कृतिक पर्व हो। यो अवसरमा तामाङ समुदायमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरी परम्परागत रितिरिवाजसँगै पर्व मनाउने प्रचलन छ।

    प्रकाशित : सोमबार, १४ माघ २०८१ , ०६:०१ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend