logo

मंगलबार, २३ भाद्र २०८३

मंगलबार, भाद्र २३ २०८३

बुटवलमा आमा र दुई छोरीको विभत्स हत्या : पूर्व श्रीमान् संलग्न हुनसक्ने आशंका

बुटवलमा आमा र दुई छोरीको विभत्स हत्या : पूर्व श्रीमान् संलग्न हुनसक्ने आशंका


  • बुधबार, जेष्ठ १४ २०८२
  • 806
    SHARES

    – लोकसारथि संवाददाता ।

    बुटवल उपमहानगरपालिका–१० स्थित होराइजन चोकको मिलिजुली पथमा एक आमासहित दुई नाबालिका छोरीको विभत्स हत्या भएको छ। प्रहरीका अनुसार मृतकमध्ये आमा ३३ वर्षीया दीपा बस्याल, उनकी ७ वर्षीया छोरी स्नेहा बस्याल र ४ वर्षीया हिमानी बस्याल रहेको पुष्टि भएको छ।

    घटना बुधबार बिहान करिब ४ बजेतिर भएको बताइएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा पूर्व श्रीमान्ले हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ। मृतक दीपा बस्यालको केही समयअघि डिभोर्स भइसकेको र उनी अर्कोसँग विवाह गरी बसेको पाइएको छ।

    हत्या गरिएका तीनै जनाको शव घरभित्रै भयावह अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय बुटवलको टोली पुगेर अनुसन्धान थालेको छ। हालसम्म हत्यामा प्रयोग गरिएको हतियारबारे जानकारी खुलाइएको छैन भने पूर्ण विवरण संकलन प्रक्रिया जारी रहेको छ।

    स्थानीयवासीले घटनाप्रति स्तब्धता व्यक्त गर्दै दोषीलाई कडाभन्दा कडा सजायको माग गरेका छन्। मृतक तीनै जनाको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ।

    घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

    प्रकाशित : बुधबार, १४ जेष्ठ २०८२ , ०५:१२ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend