logo

मंगलबार, २३ भाद्र २०८३

मंगलबार, भाद्र २३ २०८३

सोलुखुम्बुको लोबुचेतर्फ उडेको अल्टिच्युड एयरको हेलिकप्टर अवतरणका क्रममा दुर्घटना

सोलुखुम्बुको लोबुचेतर्फ उडेको अल्टिच्युड एयरको हेलिकप्टर अवतरणका क्रममा दुर्घटना


  • बुधबार, कार्तिक १२ २०८२
  • 884
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    सोलुखुम्बु जिल्लाको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर मंगलबार बिहान अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको छ। कम्पनीका अनुसार, उक्त हेलिकप्टर विदेशी पर्यटकको उद्धारका लागि लुक्लाबाट उडेको थियो।

    अल्टिच्युड एयरले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, एन–एएमएस कल साइन भएको हेलिकप्टर आज बिहान ०७ः४१ बजे उद्धारका लागि लुक्लाबाट प्रस्थान गरेको थियो। तर, लोबुचेतर्फ अवतरण गर्ने क्रममा बिहान ०७ः५२ बजे दुर्घटना भएको जनाएको छ।

    दुर्घटनाका बेला हेलिकप्टरमा पाइलट–इन–कमान्ड (पीआईसी) क्याप्टेन विवेक खड्का मात्र सवार थिए। कम्पनीका अनुसार, क्याप्टेन खड्का सकुशल छन् र उनलाई उपचारका लागि काठमाडौँ ल्याइँदैछ।

    विज्ञप्तिमा भनिएको छ, “जहाजमा चालक बाहेक अन्य कुनै यात्रु थिएनन् र दुर्घटनामा मानवीय क्षति भएको छैन।” अल्टिच्युड एयरले घटनाबारे तथ्यमा आधारित समाचार मात्र सम्प्रेषण गर्न सञ्चारमाध्यमहरूसँग अनुरोध गरेको छ।

    कम्पनीले घटनाबारे थप विवरणका लागि आफ्ना सेफ्टी म्यानेजर रश्मि न्यौपाने र मार्केटिङ अफिसर चन्द्रप्रसाद प्याकुरेललाई सम्पर्क गर्न सकिने जानकारी पनि दिएको छ।

    प्रकाशित : बुधबार, १२ कार्तिक २०८२ , ०१:०२ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend