Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

आफ्नालाई अस्पतालका अध्यक्षहरुको भागवण्डा, लुम्विनी प्रादेशिक अस्पतालमा वझा

आफ्नालाई अस्पतालका अध्यक्षहरुको भागवण्डा, लुम्विनी प्रादेशिक अस्पतालमा वझा


  • शनिबार, कार्तिक २५ २०८०
  • 637
    SHARES

    बुटवल  कार्तिक २५। लुम्विनी प्रदेश सरकारले लुम्विनी प्रादेशिक अस्पतालको अध्यक्षमा बुटवलका जिवन वझालाई नियुक्त गरेको छ। लुम्विनी प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले रिक्त रहेका लुम्विनी प्रदेशका बिभिन्न प्रादेशिक र जिल्ला अस्पतालहरुमा राजनीतिक भागबण्डा लगाउदै अस्पताल विकास समितिका अध्यक्षहरु नियुक्त गरेको हो।

    मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र स्वास्थ्यमन्त्री राजु खनाल निजि कामको शिलशिलामा बिदेश छन्। मुख्यमन्त्री र बिभागीय मन्त्री समेत नभएको अवस्थामा कार्यबाहक मुख्यमन्त्रीको अध्यक्षतामा बसेको बैठकले लुम्विनी प्रदेशका १३ वटा अस्पताल मध्ये माओवादी केन्द्रले ४ र बांकी अस्पताल कांग्रेस लगायत अन्य साना दललाई अध्यक्ष दिइएको छ। लुम्विनी प्रदेश सरकारका प्रवक्ता एवं गृहमन्त्री सन्तोष पाण्डेले मुख्यमन्त्री र स्वास्थ्य मन्त्री नभएको भएपनि उहाँहरुसंग सहमति लिएर नियुक्त गरिएको बताए। क्याविनेटले गर्ने निर्णयमा मुख्यमन्त्री वा मन्त्री नभएर फरक पर्दैन तरपनि मुख्यमन्त्री र स्वास्थ्य मन्त्री बिदेश भएकोले उहाँहरुको सहमति लिएर नियुक्त गरिएको हो, पाण्डेले भने।   दाङको राप्ती प्रादेशिक, नवलपरासीको परासी, पाल्पा, रुकुम पूर्वको अस्पतालको अध्यक्षमा माओवादी केन्द्र र बांकी अस्पताल विकास समितिको अध्यक्षमा कांग्रेस लगायत अन्य दलका कार्यकर्तालाई अध्यक्ष बनाइएको छ।

    अस्पताल विकास समिति गठन तथा संचालन नियमावली, २०८० को नियम ३ को उपनियम १ को खण्ड क बमोजिम स्वास्थ्य मन्त्रालयको कार्तिक २३ गते कार्यवाहक मुख्यमन्त्री तथा अर्थमन्त्री स्तरको बैठकले अस्पताल विकास समितिको अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको हो।  अध्यक्षहरुको नियुक्तिबारे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्वन्धित अस्पताललाई बोधार्थ पठाईएको छ। 
लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा नियुक्त जीवनप्रसाद वझा बुटवलमा रहेको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाका संस्थापक अध्यक्ष हुन भने अहिले पनि स्थायी बोर्ड सदस्य हुन्। बुटवल उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष समेत रहेका वझालाई बुटवल उद्योग बाणिज्य संघको अघिल्लो महिना सँपन्न निर्वाचनमा दिनेश श्रेष्ठलाई हराउन गरेको सौदाबाजी अनुसार नियुक्त गरिएको कांग्रेस कार्यकर्ताहरु बताउछन्।  त्यसैगरी प्यूठान अस्पतालको अध्यक्षमा सुवास केसी, रोल्पा अस्पतालमा शेरबहादुर थापा, गुल्मी अस्पतालमा ढुण्डिराज पोख्रेल, रामपुर अस्पताल पाल्पामा श्यामकान्त खनाल र अर्घाखांची अस्पतालमा लिलाधर बस्याललाई अध्यक्षमा नियुक्त गरिएको छ।

    यस्तै, कपिलवस्तु अस्पतालमा शिवलाल यादव, भिम अस्पताल भैरहवामा डा. अनन्त कुमार शर्मा, पाल्पा अस्पतालमा चोपलाल गिरी, रुकुमपूर्व अस्पतालमा सुनिलकुमार रोका, पृथ्वीचन्द्र अस्पताल नवलपरासीमा दुलारी हरिजनलाई नियुक्त गरिएको छ।  यस्तै कर्णाली प्रदेशका दीपक शाहलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको अध्यक्षमा नियुक्त गरिएको छ। शाह कार्यवाहक मुख्यमन्त्री मास्कीका भान्जी ज्वाई हुन्। गत कर्णाली प्रदेशको सल्यानमा घर भएका शाह २०७९ सालमा शारदा नगरपालिका वडा नंं १५ को वडा अध्यक्षमा माओवादी केन्द्रबाट चुनाव लडेका शाहलाई हाल दाङको बबई गाउंपालिका वडा नं. ४ को ठेगाना तोकेर नियुक्ति-पत्र दिइएको  छ ।

    प्रकाशित : शनिबार, २५ कार्तिक २०८० , ०३:१९ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend