लोकसारथि, माघ २० । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले पार्टी विरोधी गतिविधिमा संलग्न भएको आरोपमा पाँच जना नेताहरूमाथि कडा कारबाही गर्दै पार्टीबाट निष्कासन गरेको छ।
एमाले प्रदेश सचिव रणबहादुर चन्दद्वारा जारी विज्ञप्ति अनुसार पार्टीको पाँचौँ सचिवालय बैठकले पूर्व उपाध्यक्ष भीम रावलको मातृभूमि जागरण अभियानमा सक्रिय सहभागिता जनाएको आरोपमा प्रदेश सल्लाहकार परिषद् सदस्य लालबहादुर खड्का र हर्क कुँवरसहित प्रदेश कमिटी सदस्य जङ्गबहादुर विक, दुधकला विष्ट, र केशर मियाँलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो।
खड्कालाई यसअघि पनि स्पष्टीकरण सोधिएको भए तापनि पहिलो पटक चित्तबुझ्दो जवाफ दिएपछि कारबाही नगर्ने निर्णय गरिएको थियो। तर, पुनः सोही गतिविधिमा संलग्न रहेपछि उनलाई निष्कासन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। अर्का सल्लाहकार परिषद् सदस्य हर्क कुँवरलाई पनि यसअघि तीन महिनाका लागि निलम्बन गरिएको थियो तर पुनः पार्टी विरोधी गतिविधिमा संलग्न भएको भन्दै पार्टीबाट निष्कासन गरिएको हो।
यस्तै, प्रदेश कमिटी सदस्य जङ्गबहादुर विकले स्पष्टीकरण नबुझाएको आरोप लागेका छन् भने दुधकला विष्ट र केशर मियाँलाई पनि तीन महिनाको कारबाहीपछि पार्टी विरोधी गतिविधि दोहोर्याएको भन्दै निष्कासन गरिएको छ।
एमाले प्रदेश सचिव चन्दले विज्ञप्तिमार्फत स्पष्ट पारे अनुसार पार्टी अनुशासन उल्लंघन गर्नेप्रति कडा नीतिगत निर्णय लिने एमालेको अडान रहेको छ।

-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
