काठमाडौं, ५ चैत – त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत ३८ वटा आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव सम्पन्न भएको छ। त्रिवि केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीका अनुसार कुल ६४ वटा आंगिक क्याम्पसमध्ये ३८ वटामा चुनाव सम्पन्न भएको हो।
चुनाव बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म तोकिएको समयअनुसार सञ्चालन गरिएको थियो। निर्वाचन अधिकृतहरूका अनुसार मतदानका लागि भित्र प्रवेश गरिसकेकाले तोकिएको समयपछि पनि भोट हाल्ने सुविधा पाएका थिए।
दुई क्याम्पसमा चुनाव स्थगित
आज पाटन संयुक्त क्याम्पस र पृथ्वीनारायण क्याम्पसमा भने चुनाव रोकिएको छ। अधिकारीका अनुसार पृथ्वीनारायण क्याम्पसमा भोलि मतदान गरिने सहमति भएको छ भने पाटन संयुक्त क्याम्पसमा सहमतिको प्रयास जारी रहेको छ।
बाँकी क्याम्पसमा चुनाव गर्ने तयारी
त्रिविले ६४ वटा आंगिक क्याम्पसहरूमध्ये चुनाव नभएका क्याम्पसमा सहमतिको प्रयास भइरहेको जनाएको छ। अधिकारीका अनुसार आगामी १५ दिनभित्र सबै क्याम्पसमा चुनाव सम्पन्न गर्ने योजना रहेको छ।
त्रिविका १,०५३ वटा सम्बन्धन प्राप्त क्याम्पस रहेका छन्। ती क्याम्पसहरूमध्ये कतिवटामा चुनाव सम्पन्न भयो भन्ने विवरण संकलनको प्रक्रिया जारी रहेको त्रिविले जनाएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
