logo

आइतबार, २८ भाद्र २०८३

आइतबार, भाद्र २८ २०८३

प्रधानमन्त्री ओली: ‘समस्याहरू छन्, समाधान पनि छ’

प्रधानमन्त्री ओली: ‘समस्याहरू छन्, समाधान पनि छ’


  • आइतबार, चैत्र १० २०८१
  • 845
    SHARES

    लोकसारथि, १० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको गतिमा अगाडि बढिरहेको दाबी गरेका छन्। उनले राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै समस्या समाधान गर्दै अघि बढ्नुपर्ने बताए।

    प्रधानमन्त्री ओलीका अनुसार, डिजिटल नेपाल अभियानले प्रविधिको क्षेत्रमा ठूलो परिवर्तन ल्याएको छ। उनले भने, ‘हामीले धेरै मेडिकल कलेजहरू बनायौं, प्रत्येक पालिकामा आधारभूत तहका अस्पताल निर्माण गरिरहेका छौं।’ यसले नेपालको स्वास्थ्य क्षेत्रमा ठूला उपलब्धि दिलाउने उनको विश्वास छ।

    उनले सरकार शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर अघि बढिरहेको उल्लेख गरे। उनले भने, ‘छोरीहरूले विशेषज्ञ चिकित्सक बन्ने सपना देखिरहेका छन्। कतिले विशेषज्ञ भई सेवा गरिरहेका छन्। यो हाम्रो उपलब्धि हो।’

    प्रधानमन्त्री ओलीले उद्यमशीलता र कृषिको आधुनिकीकरण मार्फत मात्रै रोजगारी र उत्पादन बढाउन सकिने बताए। कार्यक्रममा चिकित्सा, कानुन, विज्ञान तथा प्रविधि क्षेत्रका १४० भन्दा बढी युवा सहभागी थिए। युवाहरूले आफ्ना क्षेत्रका समस्या उठाएका थिए, जसलाई सम्बोधन गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले व्यक्त गरे।

    उनले युवाहरुलाई आफ्नो क्षेत्रमा केन्द्रित भएर ठोस प्रतिवेदन ल्याउन आग्रह गर्दै त्यसलाई सरकारको नीति, कार्यक्रम र बजेटमा समेट्ने आश्वासन दिए।

    प्रकाशित : आइतबार, १० चैत्र २०८१ , ०९:३१ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend