logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

तीनकुने प्रदर्शनमा अराजकता ल्याउन राजावादी समूह जिम्मेवार : गृहमन्त्री लेखक

तीनकुने प्रदर्शनमा अराजकता ल्याउन राजावादी समूह जिम्मेवार : गृहमन्त्री लेखक


  • शुक्रबार, चैत्र २२ २०८१
  • 754
    SHARES

    लोकसारथि, २२ चैत ।  गृहमन्त्री रमेश लेखकले चैत १५ गते राजधानीको तीनकुनेमा भएको प्रदर्शन अराजक र हिंसात्मक बन्नुमा राजावादी समूह र दुर्गा प्रसाईको समूह नै जिम्मेवार रहेको बताएका छन्।

    शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै मन्त्री लेखकले प्रदर्शनको नाममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, सुरक्षाकर्मीमाथि आक्रमण, र आगजनीजस्ता गतिविधि कुनै पनि राजनीतिक विचार वा दर्शनसँग मेल नखाने विध्वंसात्मक र आपराधिक कार्य भएको बताए।

    उनका अनुसार दुर्गा प्रसाई स्वयंले प्रदर्शनका क्रममा सुरक्षाघेरामा बलपूर्वक गाडी हाँक्दा स्थिति विग्रिएको थियो, जसपछि भिडले उक्साहटमा आक्रामक रूप लिएको र प्रहरी बाध्य भएर बल प्रयोग गर्नुपरेको स्पष्ट पारियो।

    घटनामा संलग्न १४८ जनालाई नियन्त्रणमा लिइएकोमा ६६ जनामाथि अदालतबाट अनुमति लिएर अनुसन्धान, बाँकीलाई आफन्तको जिम्मा लगाएर छोडिएको गृहमन्त्रीले जानकारी दिए।

    सरकार यस्तो अराजक गतिविधिलाई कानुनको दायरामा ल्याउने, नागरिकको सुरक्षाको प्रत्याभूति दिलाउने र लोकतान्त्रिक अधिकारको संरक्षणमा प्रतिबद्ध रहेको मन्त्री लेखकले स्पष्ट पारे।

    —लोकसारथि

    प्रकाशित : शुक्रबार, २२ चैत्र २०८१ , ०२:४२ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend