विराटनगर, चैत २६ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा राजतन्त्रको कुनै औचित्य नरहेको बताएका छन्।
सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै नेता नेपालले अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था पूर्वराजा ज्ञानेन्द्रको सहमतिमै लागु भएको उल्लेख गर्दै, “राजतन्त्रको औचित्य समाप्त भइसकेको छ, त्यसलाई पुनःस्थापना गर्ने दिवास्वप्न देख्नुको कुनै अर्थ छैन,” भने।
संविधान संशोधनको आवश्यकता र एमालेसँग एकता असम्भव
फरक प्रसङ्गमा बोल्दै अध्यक्ष नेपालले संविधानमा केही बुँदाहरु संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताए। यद्यपि उनले विस्तृत रूपमा कुन-कुन बुँदामा संशोधन आवश्यक छ भन्नेबारे खुलाएका थिएनन्।
साथै, उनले आफ्नो पार्टी र नेकपा (एमाले)बीच तत्काल एकताको कुनै सम्भावना नरहेको स्पष्ट गरे। “हालको राजनीतिक परिस्थितिमा एमालेसँग पुनः एकता सम्भव देखिँदैन,” नेता नेपालले स्पष्ट पारे।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
