लोकसारथि, २९ चैत । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शिक्षकहरूलाई अनावश्यक रूपमा आन्दोलनमा उभिरहनु नपर्ने बताएका छन्। शुक्रबार नेकपा एमाले रुपन्देही जिल्ला कमिटीले बुटवलमा आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै उनले “विद्यालय शिक्षा ऐन चाँडै ल्याइने” स्पष्ट सन्देश दिएका हुन्।
प्रधानमन्त्री ओलीले अहिलेको सरकार जनमुखी, संवेदनशील र सबै क्षेत्रका समस्याप्रति सजग रहेको उल्लेख गर्दै शिक्षकहरूलाई आन्दोलन गर्नुभन्दा पनि राष्ट्रिय हित र आर्थिक अवस्थालाई ध्यान दिन आग्रह गरे।
उनले भने, “समस्या छन् तर त्यसको समाधान सडकबाट होइन, संवादबाट खोज्नुपर्छ। ऐन चाँडै आउँछ, तपाईंहरूले राष्ट्रको हित पनि विचार गर्नुपर्छ।”
प्रधानमन्त्री ओलीले शिक्षा क्षेत्रको सुधार र नीतिगत स्पष्टता सरकारको प्राथमिकतामा रहेको भन्दै ऐनमार्फत शिक्षकहरूका जायज माग सम्बोधन गरिने आश्वासन दिए।
त्यस्तै, उनले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसँग भिडन्त भएको भन्ने हल्ला पनि असत्य भएको बताउँदै स्पष्ट पारे। प्रधानमन्त्री ओलीका अनुसार उपकुलपतिले औपचारिक प्रक्रिया अनुसार राजीनामा बुझाएका कारण त्यसलाई स्वीकृत गरिएको हो।
उनले भ्रामक प्रचार र राजनीतिक उचालावटबाट बच्नुपर्ने उल्लेख गर्दै भने, “हामी नियम र प्रक्रियामा विश्वास गर्छौं। भिडन्त भएको भन्ने प्रचारमा कुनै सत्यता छैन।”
सभामा शिक्षक आन्दोलन, शिक्षा ऐन, विश्वविद्यालय प्रशासनलगायतका विषयमा प्रधानमन्त्री ओलीको अभिव्यक्ति निकै स्पष्ट र आशावादी देखिएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
