लोकसारथि संवाददाता, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल शिक्षक महासंघका पदाधिकारीहरूले शुक्रबार साँझ बालुवाटारमा भेटवार्ता गरेका छन्। विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित गर्नुपर्ने मागसहित चैत २० गतेदेखि सुरु भएको आन्दोलन १८औँ दिनमा प्रवेश गरिसकेको छ।
प्रधानमन्त्री ओलीले आन्दोलनमा उठाइएका जायज मागहरूको सम्बोधन गर्न गृहकार्य गरिरहेको र संवादमार्फत समाधान खोजिने बताएका छन्। यसअघि मन्त्रिपरिषद्को वैशाख २ गतेको बैठकले वैशाख १२ गते संसद् अधिवेशन आह्वान गरी विद्यालय शिक्षा विधेयक पारित गर्ने निर्णय गरिसकेको छ।
तर, शिक्षक महासंघले मौखिक आश्वासन मात्र पर्याप्त नभएको भन्दै आन्दोलन जारी राख्ने अडान लिएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन फिर्ता नहुने स्पष्ट पार्दै देशभरका शिक्षकहरूलाई काठमाडौंमा उपस्थित हुन आह्वान गरेका छन् ।
शिक्षामन्त्री विद्याभट्टराईले आन्दोलनका कारण कक्षा १० र १२ को परीक्षा प्रभावित भएको भन्दै शिक्षकहरूलाई आन्दोलन स्थगन गर्न आग्रह गरेकी छन्। तर, महासंघका उपाध्यक्ष नानुमाया पराजुलीले सरकारको आश्वासनमा विश्वास गर्न नसकिने बताउँदै आन्दोलन जारी राख्ने बताएकी छन् ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
