– लोकसारथि संवाददाता, काठमाडौं ।
भारतका विद्युत् तथा आवास–शहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपाल आइपुगेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको औपचारिक निमन्त्रणामा मन्त्री खट्टर आज काठमाडौं आएका हुन्।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई ऊर्जा मन्त्रालयका अधिकारीहरू र नेपालस्थित भारतीय दूतावासका प्रतिनिधिहरूले स्वागत गरेका छन्।
गत २०८१ साल माघ ३० गते भारत भ्रमणका क्रममा मन्त्री खड्काले खट्टरलाई नेपाल भ्रमणको निम्तो दिएका थिए। सोही निमन्त्रणालाई सम्मान दिँदै मन्त्री खट्टरको भ्रमण सम्पन्न भएको हो।
उनको भ्रमणलाई नेपाल–भारतबीचको ऊर्जा तथा शहरी पूर्वाधार क्षेत्रको सहकार्य अझ मजबुत बनाउने अवसरको रूपमा हेरिएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
