logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

नेकपा एकीकृत समाजवादी बाँकेको अध्यक्षमा दिपक जीएम निर्वाचित

नेकपा एकीकृत समाजवादी बाँकेको अध्यक्षमा दिपक जीएम निर्वाचित


  • सोमबार, बैशाख २२ २०८२
  • 1K
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    नेकपा एकीकृत समाजवादी बाँकेको नयाँ जिल्ला कमिटीको अध्यक्षमा दिपक जीएम निर्वाचित भएका छन्। शनिबार र आइतबार सम्पन्न जिल्ला अधिवेशनले जीएमको नेतृत्वमा ५७ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो।

    दिपक जीएम समाजवादी युवा संघका संस्थागत महासचिवसमेत हुन्। लामो समय काठमाडौं केन्द्रित राजनीति गर्दै आएका उनी अब स्थानीय भूगोलमा सक्रिय हुँदै नेतृत्व सम्हाल्न लागेका हुन्। युवालाई नेतृत्वमा अघि ल्याउनु पर्ने विचारका साथ अघि बढेका जीएमले यसअघि सचिवको जिम्मेवारी सम्हालेका थिए। उनले सोही पदमा दोहोरिन अस्वीकार गर्दै अध्यक्ष पदको आकांक्षा व्यक्त गरेका थिए।

    उनको नेतृत्वमा अब बाँके जिल्लाभर पार्टी संगठनलाई मजबुत बनाउने योजना अघि सारिएको छ। अधिवेशनले उपाध्यक्षमा शिव डाँगी र करिश्मा योगीलाई चयन गरेको छ।

    सचिवमा तेजप्रसाद अधिकारी चयन भएका छन् भने उपसचिवमा मकबुल खाँ, टेकेन्द्र मल्ल र प्रेमिका शाही चयन भएका छन्।

    जिल्ला अधिवेशनको उद्घाटन पार्टीका महासचिव घनश्याम भूसालले गरेका थिए। अधिवेशनमा स्थानीय प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो।

    पार्टी स्रोतका अनुसार नयाँ नेतृत्वको प्राथमिकता संगठन विस्तार, जनसम्पर्क मजबुत बनाउने र युवामार्फत नीति कार्यक्रमको कार्यान्वयन हुने छ।

    प्रकाशित : सोमबार, २२ बैशाख २०८२ , ११:२० बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend