लोकसारथि संवाददाता, काठमाडौं ।
सरकारको आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट बहुमतको आधारमा पारित भएको छ । राष्ट्रिय सभाको आइतबारको बैठकमा सभाध्यक्ष नारायण दाहालले ध्वनिमतको आधारमा नीति तथा कार्यक्रम पारित भएको घोषणा गर्नुभयो ।
बैठकमा सांसदहरूले राखेका विभिन्न संशोधन प्रस्तावहरू अस्वीकृत भएका थिए । सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा उठेका प्रश्नहरूको जवाफ दिनुभएको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । त्यसपछि राष्ट्रिय सभामा वैशाख २२ गतेदेखि नीति तथा कार्यक्रममाथि औपचारिक छलफल सुरु गरिएको थियो ।
सरकारको नीति तथा कार्यक्रमले समावेश गरिएका विकास, पूर्वाधार, ऊर्जा, कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासनलगायतका विषयमा सांसदहरूले आ-आफ्नो धारणा राखेका थिए । छलफलपछि मत विभाजन प्रक्रियामार्फत नीति कार्यक्रम पारित भएको हो ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
