logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

रास्वपाको आकस्मिक बैठक आज, रवि लामिछाने थुनामा पठाउने सर्वोच्चको आदेशपछि निर्णयहरू तय हुँदै

रास्वपाको आकस्मिक बैठक आज, रवि लामिछाने थुनामा पठाउने सर्वोच्चको आदेशपछि निर्णयहरू तय हुँदै


  • शनिबार, जेष्ठ १० २०८२
  • 1.1K
    SHARES

    – लोकसारथि संवाददाता, काठमाडौं ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेलाई थुनामै राख्ने सर्वोच्च अदालतको आदेशपछि आकस्मिक रूपमा बैठक बोलाएको छ।

    पार्टी सचिवालयले आज दिउँसो तीन बजे भर्चुअल माध्यमबाट पुनः सचिवालय बैठक बस्ने र त्यसपछि चार बजे केन्द्रीय समिति बैठक आयोजना गरिने जानकारी दिएको छ। यस्तै, शनिबारको छलफलपछि आइतबार दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः केन्द्रीय समिति बैठक बस्ने रास्वपाले जनाएको छ।

    सचिवालयको आकस्मिक भर्चुअल बैठकले उक्त विषयमा विस्तृत छलफल गरी पार्टीको आधिकारिक धारणा बनाउने निर्णय गरेको हो।

    यसअघि, शुक्रबार सर्वोच्च अदालतले उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेशलाई सदर गरेको थियो। सो आदेशपछि पार्टीमा गम्भीर चासो र रणनीतिक तयारी सुरु भएको छ।

    रास्वपाका अनुसार आज र आइतबार बस्ने बैठकहरूले पार्टीको आगामी रणनीति, कानुनी परामर्श, तथा नेतृत्व सम्बन्धी आवश्यक निर्णयहरू लिने छन्।
    पार्टी निकट स्रोतका अनुसार यो विषयलाई लिएर संगठनभित्र गहिरो बहस सुरु भइसकेको छ।

    [थप अपडेटको लागि लोकसारथीसँगै रहनुहोस्]

    प्रकाशित : शनिबार, १० जेष्ठ २०८२ , ०७:२६ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend