– लोकसारथि संवाददाता, काठमाडौं ।
राजसंस्थावादी आन्दोलनमा सहभागी हुन शान्ति बाटिका पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनका चालकमाथि बिहीबार दिउँसो कुटपिट भएको छ।
बागबजारस्थित सडकमा सवारीसाधन पार्क गरी लिङ्देनलाई पर्खिरहेका चालक रामशरण चौलागाईँलाई केही युवाहरूले अचानक आक्रमण गरेका थिए। घटनास्थलमा तत्कालै तनाब सिर्जना भएको थियो।
शान्ति बाटिकामा सोही समय राजसंस्थावादी पक्षको राजावादी आन्दोलन चलिरहेको थियो, जहाँ राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतका नेताहरू पनि सहभागी थिए।
कुटपिटपछि केही समयमै प्रहरी तथा स्थानीय युवाहरूले चालक चौलागाईँलाई उद्दार गरेका थिए। उनलाई सामान्य चोट लागेको बताइएको छ।
हालसम्म कसले आक्रमण ग¥यो भन्नेबारे प्रहरीले आधिकारिक जानकारी नदिए पनि, शंका एमालेको गणतन्त्र उत्सवमा सहभागी केही कार्यकर्तामाथि गरिएको छ।
घटनापछि शान्ति बाटिका क्षेत्रमा केहीबेर तनावपूर्ण स्थिति देखिएको थियो भने सुरक्षाकर्मीहरूको उपस्थिति बढाइएको थियो।
राजसंस्थावादी र गणतन्त्र पक्षधरबीच राजनीतिक मतभेदको पृष्ठभूमिमा भएको यो घटना राजनीतिक असहिष्णुताको चिन्ताजनक संकेतका रूपमा हेरिएको छ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
