लोकसारथि संवाददाता, काठमाडौं ।
राजधानी काठमाडौंमा आइतबार आयोजित राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा र अन्य नेताहरूलाई प्रहरीले आज रिहा गरेको छ।
थापासहित राप्रपाका सांसद दीपक सिंह र अन्य ६ जना प्रदर्शनकारीलाई प्रहरीले रिहा गरेको हो। उनीहरू राजधानीको नारायण चौर क्षेत्रमा राजतन्त्र पुनःस्थापनाको मागसहित आयोजित शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएका थिए।
सांसद दीपक सिंह थापालाई भेट्न महानगरीय प्रहरी परिसर पुगेका बेला प्रहरीले उनीमाथि अभद्र व्यवहार गरेको आरोप लगाउँदै पक्राउ गरेको थियो।
राजावादी समूहले जेठ १५ गतेदेखि निरन्तर रूपमा संविधानमा संवैधानिक राजसंस्था पुनःस्थापना र सनातन हिन्दू राष्ट्रको पुनःघोषणाको माग गर्दै देशभर प्रदर्शन गरिरहेको छ।
नेताहरूको पक्राउप्रति आक्रोशित आन्दोलनकारीहरूले भोलि जेठ १९ गते सोमबारका लागि काठमाडौं उपत्यका बन्दको घोषणा गरेका छन्।
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,
“सरकारको बर्बर दमनको विरोधमा आन्दोलनको स्वरूप परिवर्तन गर्न हामी बाध्य भएका छौं। उपत्यका बन्द हाम्रो प्रतिरोधको अंश हो।”
सरकार र प्रहरी प्रशासनले प्रदर्शनकारीहरूप्रति बल प्रयोग गरेको भन्दै जनआन्दोलन समितिले विरोध जारी राख्ने चेतावनीसमेत दिएको छ।
यसबीचमा राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ।
सार्वजनिक यातायात, विद्यालय, बजार क्षेत्र आदि भोलिको बन्दबाट प्रभावित हुने आशंका गरिएको छ।
राजनीतिक विश्लेषकहरूले राजावादी आन्दोलनले मुलुकको राजनीतिमा नयाँ बहस जन्माएको र यसलाई गम्भीरतापूर्वक सम्वोधन गर्नुपर्ने बताउन थालेका छन्।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
