logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

“नबिराएकाले डराउनुपर्दैन” — अध्यक्ष माधव नेपालको प्रतिक्रिया

“नबिराएकाले डराउनुपर्दैन” — अध्यक्ष माधव नेपालको प्रतिक्रिया


  • शनिबार, जेष्ठ २४ २०८२
  • 676
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दाप्रति प्रतिक्रिया दिंदै “नबिराएकाले आत्तिनुपर्ने अवस्था छैन” बताएका छन्।

    पतञ्जलीको जग्गा प्रकरणसँग सम्बन्धित विषयमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि पहिलोपटक सार्वजनिक रूपमा धारणा राख्दै नेपालले आफूले गलत नियतले कुनै कार्य नगरेको र न्यायपालिकामाथि पूर्ण विश्वास रहेको बताएका हुन्।

    “पूर्वाग्रह र बदला भावना अन्तर्गत आरोप लगाइएको”

    पार्टी निकट मधेश प्रदेश सम्पर्क समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले “गलत आरोपहरूमा दृढतापूर्वक उभिने” बताएका थिए।

    उनले भने, “मलाई विश्वास छ, न्यायपालिकाले मलाई न्याय दिनेछ। पूर्वाग्रह राखेका छन्, बदलाको भावनाले उनीहरूलाई पोलिरहेको छ। त्यसैको एउटा उदाहरण ममाथि भ्रष्टाचारको मुद्दा लगाउने प्रयास हो।

    “मैदान नछाड्ने प्रतिबद्धता”

    अध्यक्ष नेपालले चुनौती आउँदा “मैदान छाडेर नभाग्ने” प्रतिबद्धता समेत व्यक्त गरे। “हामीले असल मनसाय र उद्देश्यका साथ काम गरेका छौं, त्यसैले डराउनु पर्ने अवस्था छैन।” भन्दै उनले पार्टी कार्यकर्तालाई सत्य र निष्ठामा दृढ रहन आह्वान गरे।

    पार्टीको धारणा स्पष्ट

    नेकपा (एकीकृत समाजवादी) का नेताहरूले यसअघि पनि माधवकुमार नेपालमाथि लागेको आरोप राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको टिप्पणी गर्दै आएका छन्। पार्टीले यस प्रकरणलाई न्यायिक रूपमा सामना गर्ने बताएको छ।

    यससँगै पूर्वप्रधानमन्त्री नेपालले मुद्दा सामना गर्ने दृढता व्यक्त गर्दै कानुनी प्रक्रियाबाट आफू निर्दोष सावित हुने विश्वास व्यक्त गरेका छन्।

    प्रकाशित : शनिबार, २४ जेष्ठ २०८२ , ०७:११ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend