logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

संघीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूचीसहित प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे

संघीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूचीसहित प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे


  • मंगलबार, असार ३ २०८२
  • 1K
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    प्रतिनिधिसभाको बैठक आज (मंगलबार) दिउँसो १ बजेका लागि बोलाइएको छ। बैठकमा संघीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले ‘संघीय निजामती सेवा विधेयक, २०८२’ माथि राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित छलफल गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।

    यस्तै, बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ सम्बन्धी समितिको प्रतिवेदन पनि पेश हुने भएको छ। उक्त प्रतिवेदन राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संसदमा प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ।

    दुवै विधेयक लामो समयदेखि संसदमा विचाराधीन रहेका थिए। निजामती सेवासम्बन्धी विधेयक संघीय निजामती संरचना निर्माण तथा कार्यान्वयनका लागि महत्वपूर्ण मानिन्छ भने नागरिकता विधेयकले नागरिकता प्राप्तिका जटिलता समाधान गर्ने अपेक्षा गरिएको छ।

    आजको बैठकमा यी विधेयकमाथि विस्तृत छलफल हुने र सम्भवतः पारित गरिने अनुमान गरिएको छ।

    प्रकाशित : मंगलबार, ३ असार २०८२ , १०:२६ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend