काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीनबीचको ऐतिहासिक मैत्री सम्बन्धलाई पुस्तौँ पुस्तासम्म विस्तार गर्दै लैजानुपर्ने आवश्यकता औँल्याएका छन्।
शुक्रबार ‘फिनिक्स इन्स्पिरेसन’को आयोजनामा सम्पन्न नेपाल–चीन सांस्कृतिक शिखर सम्मेलन २०२५ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसरमा आपसी समझदारी, सांस्कृतिक आदान–प्रदान र मित्रताको दिगोपन झल्काउने कार्यक्रमले सम्बन्धलाई अझ प्रगाढ बनाएको बताए।
उनले भने, “दुई देशबीचको मैत्री सम्बन्धलाई अझ अगाडि बढाउने सवालमा नेपाल सरकारको तर्फबाट कुनै कसर बाँकी राखिने छैन।” प्रधानमन्त्री ओलीले सम्बन्धहरू केवल आर्थिक वा कूटनीतिक लेनदेनमा मात्र सीमित नरही “पारस्परिक भावना र सांस्कृतिक विविध पक्षहरू” समेत समेटिनुपर्ने बताए।
प्रधानमन्त्री ओलीले जोड दिए, “मित्रताका लागि गच्छे चाहिँदैन, गच्छेअनुसार पारस्परिक सम्बन्ध बढाइनेछ, अझ व्यापक बनाइनेछ।” उनले नेपाल र चीनबीचको सम्बन्धलाई बहुआयामिक बनाउँदै लैजानुपर्ने बताए।
कार्यक्रमको अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई ‘फिनिक्स इन्स्पिरेसन अवार्ड’ बाट सम्मानित पनि गरे।
-
युवा सशक्तिकरण पुरस्कार: काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोल,
-
व्यवसाय नेतृत्व पुरस्कार: राजेशकाजी श्रेष्ठ र वीरेन्द्रराज पाण्डे,
-
शिक्षा उत्कृष्ट पुरस्कार: अनुराधा शर्मालाई प्रदान गरियो।
प्रधानमन्त्री ओलीको यो अभिव्यक्तिलाई चीन र नेपालबीचको गहिरिँदो कूटनीतिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने संकेतको रूपमा हेरिएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
