logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

दमनको जिम्मेवारी लिएर प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : गगन थापा

दमनको जिम्मेवारी लिएर प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : गगन थापा


  • मंगलबार, भाद्र २४ २०८२
  • 741
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सोमबार भएको जेन–जी आन्दोलनप्रति सरकारले गरेको दमनप्रति तीव्र आपत्ति जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिन आग्रह गरेका छन्।

    थापाले सामाजिक सञ्जालमार्फत् भावुक अभिव्यक्ति दिँदै भनेका छन्, “रातभर सुत्न सकिन। म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ।”

    उनले नेपाली कांग्रेसलाई समेत सरकारमा बसिरहन नसक्ने चेतावनी दिएका छन्। “अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप साक्षी र साझेदारका रूपमा रहनुहुदैन, रहन सक्दैन। नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु,” थापाले भनेका छन्।

    पृष्ठभूमि

    सोमबार देशभर जेन–जी अर्थात् युवा पुस्ताले सामाजिक सञ्जाल बन्द र बढ्दो भ्रष्टाचारविरुद्ध व्यापक सडक आन्दोलन गरेका थिए। उक्त प्रदर्शनलाई नियन्त्रण गर्न प्रहरीले गोलीसहितको घातक बल प्रयोग गर्दा काठमाडौँसहित विभिन्न सहरमा कम्तीमा १९ जनाको मृत्यु भएको थियो भने सयौँ घाइते भएका थिए।

    यस घटनापछि गृह मन्त्री रमेश लेखकले राजीनामा दिइसकेका छन् भने प्रधानमन्त्री ओलीलाई समेत राजीनामाको माग चर्किदो छ। नेपाली कांग्रेसभित्रै सरकारको निरन्तरता दिने वा तत्काल फिर्ता हुने भन्ने बहस बढेको छ।

    गगन थापा विगतदेखि नै कांग्रेसभित्र सुधारवादी धारका नेताका रूपमा परिचित छन्। पछिल्ला घटनाले उनको पक्षबाट सरकार छोड्ने दबाब अझ तीव्र बनेको विश्लेषकहरूले बताएका छन्।

    प्रकाशित : मंगलबार, २४ भाद्र २०८२ , ०१:२४ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend