काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेन-जी आन्दोलनकारीलाई घर फर्कन अपिल गरेका छन्।
सामाजिक सञ्जालमार्फत शाहले आन्दोलनकारी युवाहरूलाई सम्बोधन गर्दै भनेका छन्, “प्लिज, जेन-जी, देश तपाईंहरूकै हातमा हो, तपाईंहरूले नै बनाउनुपर्ने हो।” उनले थपे, “अब जति क्षति हुन्छ, त्यो तपाईं हाम्रो नै हुने हो। त्यसैले अब घर फर्कनुस्।”
भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धविरुद्ध सुरु भएको जेन-जीको आन्दोलन दुई दिनदेखि राजधानीसहित देशभर उग्र बन्दै गएको छ। यस क्रममा सरकारी निकायका भवन, राजनीतिक दलका कार्यालय र नेताहरूको घरमा समेत आगजनी र तोडफोड भएको छ।
राजधानीमा सोमबार मात्र सुरक्षाकर्मीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो भने मंगलबार थप दुईको ज्यान गएको छ। सुरक्षा निकायले अवस्था नियन्त्रणमा लिन कडा कदम चालिरहेका बेला मेयर शाहले शान्तिपूर्ण निकासका लागि अपिल गरेका हुन्।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
