logo

सोमबार, २९ भाद्र २०८३

सोमबार, भाद्र २९ २०८३

अन्तरिम सरकारमा तीन नयाँ मन्त्री, सोमबार शपथ

अन्तरिम सरकारमा तीन नयाँ मन्त्री, सोमबार शपथ


  • सोमबार, भाद्र ३० २०८२
  • 1.1K
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।
    अन्तरिम सरकारका तीन नयाँ मन्त्रीहरूको शपथ सोमबार (आज) हुने भएको छ। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ मन्त्रिपरिषद् विस्तार गर्दै तीन सदस्यलाई जिम्मेवारी दिएकी हुन्।

    नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यस्तै, कानुनविद् ओमप्रकाश अर्याललाई गृहसहित कानुन मन्त्रालयको नेतृत्व दिइएको छ। उनी पछिल्लो समय काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहका कानुनी सल्लाहकारका रूपमा सक्रिय थिए। यस्तै, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ।

    गत सोमबार र मंगलबार जेनजी पुस्ताका युवाहरूले काठमाडौंसहित देशभर प्रदर्शन गरेका थिए। प्रदर्शन हिंसामा परिणत भएपछि नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए।

    उनको राजीनामापछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी हुन्।

    प्रकाशित : सोमबार, ३० भाद्र २०८२ , ०६:३५ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend